News

रियल ईस्टेटबाट अर्बौं कमाएका तीन महिलाहरू

Pinterest LinkedIn Tumblr

 काठमाडौं । आज अन्तर्राष्ट्रिय नारी दिवस, देश तथा विदेशमा विभिन्न कार्यक्रम गरि मनाइयो । ११३ वर्ष अघि सुरु भएको यो मुभमेन्टले हरेक समय नारीको क्षमतालाई उजागर गर्नमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसै सन्दर्भलाई लिएर आज हामीले ‘रियल ईस्टेट’को क्षेत्रमा पहिचान बनाउन सफल पाँच महिलाको बारेमा लेखेका छौं । 

१. बारबारा कोर्कोरनः

रियल इस्टेट टाइकुन तथा व्यवसायी बारबारा कोर्कोरन ‘कोर्कोरन ग्रुप’कि संस्थापक हुन् । उनको रियल ईस्टेट यात्रा र सफलताको कथा निकै प्रेरणादायी छ । कोर्कोरनले बाट एक हजार डलर लिएर घर जग्गा व्यवसाय सुरु गरेकी थिइन । 

सुरुवातमा न्यूयोर्क शहरको रेन्टल मार्केटअध्ययन गरेकी उनले लग्जरियस प्रपर्टिको  माग थुप्रै भएको पाइन् । संयुक्त लगानीमा सन् १९७३ मा कोर्कोरन समूह को स्थापना भएसँगै उनी घरजग्गा खरिद बिक्रीका लागि विज्ञापन र मार्केटिङ प्रविधिहरू प्रयोग गर्ने पहिलो महिला उद्यमी बनिन् । 

वर्षौंको संघर्ष पछि कोर्कोरन समूह न्युयोर्क शहर, ह्याम्पटन र फ्लोरिडामा आफ्नो सेवा विस्तार गर्न सफल भयो । देशको सबैभन्दा ठूलो र सफल घर जग्गा ब्रोकरेज कम्पनी मध्येको एक बनेको कोर्कोरनले सन्  २००१ मा ५५ मिलियन अमेरिकी डलरमा घरजग्गा बेचेको थियो । जसले कोर्कोरनलाई रियल इस्टेट टाइकुन र सफल व्यवसायी महिलाको रूपमा स्थापित गर्यो । 

सफल व्यवसायी तथा लगानीकर्ता बारबारा कोर्कोरन ‘शार्क ट्यांक’ कि शार्कका रुपमा परिचित छिन् । २०२१ को रिपोर्टअनुसार उनको नेटवर्थ १ सय मिलियन अमेरिकी डलर रहेको छ । hi

२. डली लेन्ज

रियल ईस्टेटबाट अर्बौं कमाएका तीन महिलाहरू

डली लेन्ज प्रसिद्ध रियल इस्टेट ब्रोकर तथा उद्यमी हुन् । उनले सन् १९८० मा रियल इस्टेट कम्पनी कोरकोरान ग्रुपबाट ब्रोकरको रूपमा आफ्नो करिअर सुरु गरेकि थिइन ।

८० को दशकमा न्यूयोर्क शहरमा ५३ मिलियन अमेरिकी डलर पेन्टहाउस सहित संसारको सबैभन्दा महँगो सम्पत्तिहरू बेच्न सफल लेन्ज उत्कृष्ट ब्रोकर बनिन् ।

सन् २०१० मा, लेन्जले सुरु गरेको घर जग्गा कम्पनी ‘डली लेन्ज रियल इस्टेट’ सफल ब्रोकरेजहरू मध्ये एक भएको छ । अन्तरराष्ट्रिय ग्राहकहरूसँग काम गरिसकेकि लेन्जको नेटवर्थ 

एलिजाबेथ एन स्ट्राइब्लिङ-किभलान

रियल ईस्टेटबाट अर्बौं कमाएका तीन महिलाहरू

लामो समयदेखि रियलईस्टेटमा आवद्ध एलिजाबेथ एन स्ट्राइब्लिङ-किभलान स्ट्राइब्लिङ एण्ड एसोसिएट्सकी अध्यक्ष हुन् । उनले सन् १९८० मा रियल ईस्टेट एजेन्टको रूपमा आफ्नो करिअर सुरु गरेकि थिइन् । स्ट्राइब्लिङ एण्ड एसोसिएट्स, लिमिटेड एक प्रमुख आवासीय रियल इस्टेट फर्म न्यूयोर्कको सबैभन्दा प्रसिद्ध ब्रोकरेजहरू मध्ये एक हो । 

उनकै नेतृत्वमा, फर्मले डिजिटल मार्केटिङ र नयाँ प्रविधिबाट समस्याहरू समाधानमा ध्यान केन्द्रित गर्दै न्यूयोर्क शहरभन्दा बाहिर सेवा विस्तार गरेको छ । एलिजाबेथलाई रियल इस्टेट उद्योग र उद्यमशीलतामा उनको योगदानको लागि मान्यता दिइएको छ, रियल इस्टेट फोरमबाट “वुमन अफ इन्फ्लुएन्स” पुरस्कार र गोथम पत्रिकाबाट “पावर वुमन इन रियल इस्टेट” पुरस्कार जस्ता धेरै पुरस्कारहरू प्राप्त गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It