News

३३ अर्ब ८१ करोडले घट्यो घरजग्गाबाट संकलन हुने राजस्व

Pinterest LinkedIn Tumblr

काठमाडौं । आर्थिक वर्ष ०७९/८० घरजग्गा कारोबारका लागि खासै राम्रो रहेन । बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव, उच्च ब्याज तथा अन्य सरकारी नीतिगत प्रावधानका कारण कारोबार निराशाजनक रह्यो । 

गत आर्थिक वर्षमा देशभरबाट कुल चार ३३ हजार ७७४ वटा घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्याङ्कमा उल्लेख छ । 

आर्थिक वर्ष ०७८/७९ मा सात लाख ४५ हजार १ सय १९ घरजग्गा किनबेच भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.७८ प्रतिशतले थोरै हो । 

कारोबारमा गिरावट आउँदा घरजग्गा क्षेत्रबाट सरकारले सङ्कलन गर्ने राजस्वमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ०७९/८० को राजश्वमा ३३ अर्ब ८१ लाख रुपैयाँले कमी आएको छ । 

विभागका अनुसार, गत वर्ष घरजग्गा कारोबारबाट ४१ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो । भने यसभन्दा अघिल्लो आर्थिक वर्षमा ७५ अर्ब ५५ करोड राजस्व सङ्कलन भएको थियो । 

त्यस्तै, आर्थिक वर्ष ०७८/७९ को तुलनामा ०७९/८० मा लिखत पारित २ लाख ७७ हजार ५११ ले घटेको छ । आर्थिक वर्ष ०७९/८० मा ७ लाख ४५ हजार ११९ लिखत पारित भएकोमा आर्थिक वर्ष ०७९/८० मा घटेर ४ लाख ६७ हजार ६०८ मा झरेको छ । 

गतवर्ष जेठदेखि ओरालो लागेको घरजग्गा बजार पछिल्ला महिनामा चाहिँ क्रमशः सुधारोन्मुख नै देखियो । सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि बजार मन्दीतर्फ धकेलिएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कलाई हेर्दा घरजग्गा कारोबारले फेरि लयमा फर्किएको देखिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It