News

घरजग्गाको कारोबार वैशाखमा घट्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । वैशाख महिनामा घरजग्गाको कारोबार पुनः सुस्ताएको छ । गत चैतमा उच्च देखिएको घरजग्गा कारोबार नयाँ वर्ष २०८० को सुरुवाती महिनामै गिरावट देखिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

विभागको तथ्यांकअनुसार वैशाखमा देशभरबाट ४२ हजार ४६१ लिखत पारित भएको छ । जुन गत चैतको तुलनामा साढे ६ हजारले कम हो ।

गत चैतमा देशभर ४९ हजार १५० घरजग्गा किनबेच भएको थियो । जुन पछिल्लो १० महिनायताकै उच्च देखिएको हो ।

वैशाखमा कारोबार खस्किएपछि उठ्ने राजश्वमा पनि कमी आएको छ । वैशाखमा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ६८ करोड रुपैयाँमा संकलन गरेको छ । जबकि चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ अर्थात् एक अर्बभन्दा बढीको राजश्व संकलन भएको थियो ।

बैंकबाट प्रवाह हुने ऋणको ब्याजदर अझै घट्ने आशामा व्यवसायीहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । साथै पुरानै अवस्थामा कित्ताकाट खोल्ने विषय मन्त्रिपरिषद्ले उठाएपछि बजारमा हलचल सुरु भयो । यस्ता विविध कारणले बैशाख महिनामा घरजग्गाको कारोबार खस्किएको हुनसक्ने आँकलन गरिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It