News

घरजग्गा कारोबार स्थिर हुँदा २१ करोडले बढ्यो राजश्व संकलन

Pinterest LinkedIn Tumblr

काठमाडौं । फागुन महिनामा घरजग्गा कारोबार स्थिर देखिएको छ । फागुनमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९ सय ९८ को संख्यामा लिखत पारित भएको छ । जुन माघको तुलनामा ७७ ले बढि हो । 

माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घर जग्गा लिखत पारित भएको थियो । 

कहाँ कति भयो किनबेच ?

काठमाडौं जिल्लामा कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु गरी ६ वटा मालपोत कार्यालय छन् । जसमध्ये सबैभन्दा बढी कारोबार कलंकी मालपोत कार्यालयबाट भएको छ । 

कलंकीबाट ७ सय ७ संख्यामा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै, चाबहिलबाट ४ सय ५१, साँखुबाट ४ सय २, मनमैजुबाट ३ सय १५, डिल्लिबजारबाट २ सय ११ र टोखाबाट १ सय ९१  संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

त्यसैगरी, भक्तपुरबाट ९ सय ७१ को संख्यामा वटा घरजग्गा लिखत पारित भएको छ । 

त्यस्तै, ललितपुरमा २ वटा मालपोत कार्यलय छन्ः भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल र मालपोत कार्यालय गोटीखेल । जसमध्ये लगनखेल मालपोत कार्यालयबाट ९ सय ३१ संख्यामा घरजग्गा लिखत पारित भएको छ भने गोटीखेलबाट २४ को संख्यामा घरजग्गा लिखत पारित भएको छ । 

उपत्यका बाहिर १ सय २५ वटा मालपोत कार्यालयहरू छन् । जसमध्ये सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सुनसरीबाट फागुनमा २ हजार ६ संख्यामा घरजग्गा लिखत पारित भएको छ । त्यस्तै, जनकपुरधाम धनुषाबाट १९ सय ९७, भद्रपुर झापाबाट १८ सय ५०, बेलवारी मोरङबाट १६ सय ४३ र राजविराज, सप्तरीबाट १३ सय ६५ संख्यामा घरजग्गा लिखत पारित भएको छ ।

राजश्व संकलनको अवस्थाः

फागुनमा घरजग्गा किनबेच स्थिर रहे पनि राजश्व भने थोरै वृद्धि भएको देखिन्छ । फागुनमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ८१ रुपैयाँ राजश्व संकलन गरेको छ । माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार २ सय ३१ रुपैयाँ राजश्व संकलन भएको थियो ।

सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजश्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर, सेवा कर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ । 

फागुनमा सरकारले सेवाकर बापत देशभरबाट कुल २५ करोड ६५ लाख ३८ हजार १ सय २४ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरबापत जम्मा २ अर्ब ३८ करोड १२ लाख २२ हजार ९ सय ६३ रुपैयाँ संकलन गरेको छ । र पुँजीगत लाभकरबाट १ अर्ब २८ करोड ५० लाख ५८ हजार १ सय ७७  रुपैयाँ संकलन गरेको छ ।

देशभरका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं मालपोत कार्यालय  लिखत पारित  सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरी २००६ ६५ लाख १३ हजार ९ सय २७ ६ करोड ९४ लाख २९ हजार ८ सय ८  ४ करोड ८ लाख ८७ हजार सात हजार ७३
२. भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषा १९९७ ३८ लाख ८१ हजार ७ सय ४२   ३ करोड ८६ लाख ६६ हजार १ सय ४४ १ करोड ७८ लाख ३३ हजार ३ सय १५ 
३. भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर, झापा १८५० ५५ लाख ४३ हजार ८ सय ४३  ४ करोड १६ लाख २७ हजार ५ सय ९८ २ करोड ८ लाख १९ हजार ४ सय ८०
४. मालपोत कार्यालय बेलवारी, मोरङ १६४३ ३६ लाख ४ हजार ५ सय ८७ ३ करोड ९० लाख ३ सय २ करोड १४ लाख ७१ हजार १ सय ६९
५. भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, सप्तरी १३६५ १८ लाख ६४ हजार ७ सय ९९ २ करोड ३ लाख ४४ हजार ४ सय ३६ ६० लाख ४७ हजार ६ सय ९३

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

काठमाडौंका मालपोत कार्यालयबाट भएको कारोबार अवस्थाः
क्र.सं मालपोत कार्यालय  लिखत पारित  सेवाकर  रजिष्ट्रेशन दस्तुर पुँजीगत लाभकर
१. मालपोत कार्यालय कलंकी, काठमाण्डौं ७०७ ९६ लाख ९ हजार १ सय ३४ १५ करोड २३ लाख ६९ हजार ७ सय ५५ ८ करोड ८ लाख ६० हजार ५ सय २८
२. मालपोत कार्यालय चावहिल, काठमाण्डौं ४५१ १ करोड ८० लाख ५३ हजार ७ सय ९१  १६ करोड ५६ लाख ८२ लाख ४  ७ करोड ४४ लाख ६७ हजार 
३. मालपोत कार्यालय साँखु, काठमाण्डौं ४०२ ४७ लाख ५९ हजार ४ सय २८ ५ करोड २७ लाख ४६ हजार ८ सय ६५ ३ करोड ५२ लाख ६२ हजार १ सय ८६
४. मालपोत कार्यालय मनमैजु, काठमण्डौं ३१५ ६६ लाख २२ हजार ६ सय ५५ ४ करोड ८७ लाख  ९४ हजार ५ सय ९१  २ करोड ७६ लाख ७५ हजार १ सय १५ 
५.  मालपोत कार्यालय टोखा, काठमाण्डौं १९१ ३४ लाख ३० हजार ७ सय ८५ ५ करोड ३ लाख ७६ हजार ७ सय ९३  ३ करोड ५४ लाख १९ हजार ५ सय ८६

स्रोतः भूमि व्यवस्थापन तथा अभिलेख विभाग

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रिया दिनुहोस्
Pin It