News

कारोबार लयमा फर्किँदैः असारमा ४९ हजार घरजग्गा किनबेच

Pinterest LinkedIn Tumblr

काठमाडौं । लगातार मन्दीतर्फ धकेलिएको घरजग्गा कारोबार आर्थिक वर्षको अन्त्यमा लयमा फर्किएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार असार महिनाको कारोबारमा सुधार देखिएको हो ।

असारमा देशभरका मालपोत कार्यालयबाट ४८ हजार ७७१ लिखत पारित भएको छ । जुन जेठको तुलनामा ६२ सय ९८ ले कम हो । जेठमा देशभरका मालपोत कार्यालयबाट ५५ हजारभन्दा बढी लिखत पारित भएको थियो ।

जेठको तुलनामा असारमा घरजग्गा किनबेचमा कमी आए पनि राजस्व सङ्कलन भने बढेको छ । असारमा सरकारले घरजग्गा कारोबार बापत ४ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  जुन अघिल्लो महिनाको तुलनामा ५१ करोड ८२ लाख रुपैयाँले बढी हो । जेठमा ३ अर्ब ७५ करोड रुपैयाँ सङ्कलन भएको थियो । 

असारमा धेरै कारोबार भएका ठाउँहरूः

असारमा तराईका जिल्लाहरू सर्वाधिक घरजग्गा कारोबार गर्न सफल भएका छन् । विभागका अनुसार सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट २ हजार ६ सय ६० घरजग्गा किनबेच भएको छ ।

मालपोत कार्यालय बेलबारी, मोरङबाट २ हजार २ सय ७२ घरजग्गा किनबेच भएको छ । त्यस्तै, जनकपुरधाम, धनुषाबाट २ हजार ५२, नेपालगञ्ज, बाँकेबाट १ हजार ९ सय ४६, मालपोत कार्यालय भक्तपुरबाट १ हजार ९ सय १० घरजग्गा किनबेच भएको छ ।

यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरबाट १ हजार ८ सय ४७, भद्रपुर, झापाबाट १ हजार ५ सय ४२, मालपोत कार्यालय पर्साबाट १ हजार ५ सय ३२, मालपोत कार्यालय कलंकीबाट १ हजार ४ सय ९१, विराटनगरबाट १ हजार २ सय ३७ र मालपोत कार्यालय बुटवलबाट १ हजार २ सय २५ घरजग्गा किनबेच भएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

(गतवर्ष जेठदेखि ओरालो लागेको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा क्रमशः सुधार हुँदै आएको छ । सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि मन्दीतर्फ धकेलिएको घरजग्गा कारोबारले फेरि लयमा फर्किएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । )

प्रतिक्रिया दिनुहोस्
Pin It