News

राष्ट्र बैंकले ऋणमा सहज गरेसँगै घरजग्गा कारोबार बढ्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । गत जेठ महिनामा घरजग्गा कारोबार चालू आर्थिक वर्षकै सबैभन्दा उच्च देखिएको छ । राष्ट्र बैंकले ऋणमा सहज गरेसँगै घरजग्गा कारोबारमा सुधार देखिएको हो ।

जेठमा देशभरबाट ५५ हजार ६९ घरजग्गाको लिखत पास भएको छ । जुन वैशाखको तुलनामा ३१.३२ प्रतिशतले बढि हो । 

सरकारले आगामी बजेटमार्फत सहजीकरण गर्ने भएपछि जेठमा ५३.३६ प्रतिशतले कित्ताकाट वृद्धि भएको छ । 

वैशाखमा काठमाडौंमा चार सय ८१ संख्यामा कित्ताकाट भएकोमा जेठमा ८ सय १३ संख्यामा कित्ताकाट भएको छ । 

कारोबार बढेसँगै राजस्व संकलनमा पनि वृद्धि देखिएको छ । जेठमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड राजस्व संकलन गरेको छ । जबकि वैशाख महिनामा  ३ अर्ब ६८ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

कर्जाको ब्याजदर क्रमिक रूपमा घट्नु, बैंकिङ प्रणालीमा कर्जायोग्य रकम पाउनु र बैंकहरूले घर कर्जालाई प्राथमिकतामा दिन थालेसँगै कारोबार बढ्न थालेको हो । यसले आगामी दिनमा घरजग्गा कारोबार बढ्दै जाने संकेत गरेको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It