Finance

घरजग्गाको कारोबारबाटै अर्बपति बनेका पाँच रियल इस्टेट टाइकून

Pinterest LinkedIn Tumblr

काठमाडौं । संसारका अधिकांश धनी व्यक्तिहरू ‘रियल स्टेट’ अर्थात् घरजग्गाको कारोबारमा आबद्ध छन् । जनसंख्या वृद्धिदर बढेसँगै परिवारको सङ्ख्या पनि विस्तार हुँदै गएको छ । यस्तोमा जग्गाको माग बढ्नु स्वभाविक नै हो । यससँगै रियल स्टेटले स्थापित विजनेसको रुप लिएको छ । अन्य क्षेत्रको व्यापारमा संलग्न व्यापारीहरूले पनि ‘रियल स्टेट’मा विशेष चासो देखाउने गरेको पाइन्छ । धेरैजसोले व्यापार विस्तारका लागि लगानी गर्ने गरेको पाइन्छ । यसर्थ, अझै एक शताब्दीसम्म पनि ‘रियल स्टेट’को कारोबारमा भविष्य राम्रो देखिन्छ । आज हामी रियल स्टेटको व्यापारमा लागेर राम्रो आम्दानी गरेका १० व्यक्तिहरूको कुरा गर्दैछौँ । जो रियल स्टेटको व्यापारमा स्थापित छन् ।

वाङ जियाङलिन

वाङ जियाङलिन  चिनियाँ रियल इस्टेट टाइकुन हुन् । २०२१ सम्मको उनको आम्दानीलाई हेर्दा २८.७ अर्ब बराबर मूल्यका मालिक रहेका छन् । उनी वान्डा कमर्शियल प्रोपर्टीज कम्पनीमा आबद्ध छन् । साथै उनी, चीनमा रहेको वान्डा सिनेमाका मालिक पनि हुन् । पछिल्लो समय उनले संयुक्त राज्य अमेरिकामा चलचित्र र सिनेमा उद्योगको ठूलो नाम AMC हात लिएका छन् । जसका लागि उनले ३ अर्ब अमेरिकी डलर खर्चिएका थिए ।

लि शाउ की

चिनियाँ रियल इस्टेट टाइकुन लि शाउ की हङकङका बासिन्दा हुन् । २०२१ सम्ममा उनको  नाममा २१.५ अर्ब डलर मूल्य बराबरको सम्पती छ । उनी हेन्डरसन ल्यान्ड डेभलपमेन्ट कम्पनीका लागि प्रसिद्ध छन् । रेस्टुरेन्ट, शपिङ प्लाजा, ईन्टरनेट सेवा लगायतमा उनको विशेष चासो रहेको छ । एक समय विश्वको चौथो धनी व्यक्तिका रुपमा परिचित शाउ की हाल चिनको दोस्रो धनी व्यक्ति हुन् । रियल इस्टेट बाहेक अन्य क्षेत्रमा पनि उनको लगानी रहेको छ ।

माइकल ओटो 

जर्मनीका माइकल ओटो विश्वका तेस्रो धनी रियल इस्टेट टाइकुन हुन् । संयुक्त राज्य अमेरिका र क्यानडामा समेत उनको व्यावसायिक लगानी छ । एक रिपोर्टका अनुसार उनको नेटवर्थ १५.४ अर्ब अमेरिको डलर रहेको छ । उनी  विशेषगरी उनकै कम्पनी ECE का लागि परिचित छन् । शपिङ सेन्टर र डिपार्टमेन्ट स्टोरमा लगानी गरेका उनी एडि बाउर, स्पिगलको मूल र खुद्रा तथा घरेलु सामान स्टोर क्रेट र ब्यारेल कम्पनीका मालिक हुन् । उनको सम्पति लगानीको कुरा गर्नुपर्दा जर्मनी, युरोपमा र युकेमा उनको लगानी रहेको छ ।

डोनाल्ड ब्रेन

डोनाल्ड ब्रेन अमेरिकी रियल इस्टेट टाइकून हुन् । अमेरिकी इर्विन कम्पनीका एकमात्र मालिक ब्रेनको नेट वर्थ १५.१ अर्ब अमेरिकी डलर रहेको छ । उनले सन् १९५८ मा क्यालिफोर्नियमा घर निर्माण कार्यमा लागेर रियल इस्टेटको व्यापारमा प्रवेश गरेका थिए । केहि अन्तरराष्ट्रिय पेपर जस्ता विजनेस प्राप्त गरेपछि उनले एक सय ४६ वर्ष पुरानो कम्पनी ईर्विनको खरिद गरेका थिए । उनी विश्वका धनी लगानीकर्ता मध्ये एक ब्रेन सफल व्यवसायी हुन् ।

साइमन र डेभिड रुबेन

बेलायती व्यवसायी साइमन र डेभिड रुबेन परोपकारमा समेत संलग्न छन् । उनीहरूको संयुक्त रुपमा १४.४ अर्ब अमेरिकी डलर नेटवर्थ रहेको छ । साइमनले स्क्रयाप मेटल र डेभिडले कार्पेटिङबाट व्यवसायको सुरुवात गरेका थिए । बेलायतको सबैभन्दा पुरानो कार्पेट व्यवसाय लिएका उनीहरूले रियल स्टेटमा लगानी गरि राम्रो आम्दानी गरे । युकेका विभिन्न ठाउँहरूमा भवन निर्माण कार्य गर्दैगर्दा उनीहरूले मेटल उद्योगमा समेत व्यवसाय विस्तार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Pin It