Research

घरजग्गा कारोबारमा ‘एजेन्ट’ नै नभए के हुन्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । व्यस्त जीवनशैली र शहरप्रतिको बढ्दो मोहका कारण हत्तपत्त सोचेजस्तो घर, जग्गा अथवा कोठा पाउन मुस्किल हुन्छ । जसलाई मध्यनजर गर्दै पछिल्लो समय धेरै रियलस्टेट कम्पनीहरूले सहजकर्ताको भूमिका खेलिरहेका छन् । 

हिजोआज प्रविधिमैत्री सेवाप्रवाहका लागि धेरैले अनलाइन मार्केटप्लेसकै माध्यमबाट सेवाग्राहीको आवश्यकता र बजेट अनुसार घरजग्गा खरिद बिक्री गर्न मद्दत गरिरहेका छन् ।

यस्तोमा सेवाग्राहीले प्रत्यक्ष रुपमा घर तथा जग्गाधनीसँग कुरा गर्ने अवसर पनि पाएका छन् । यद्यपि रियल स्टेट एजेन्टले घरजग्गा धनी र खरिदकर्ता बीचको भिन्नता कम गर्न मध्यस्थकर्ताको भूमिका खेल्छन् । 

यसकारण घरजग्गा भाडामा वा खरिद गर्न एजेन्टको मद्दत जरुरी छः

प्रोपटीमा व्यापक पहुँच प्राप्त गर्नः

रियल स्टेट एजेन्ट तथा घरजग्गा व्यवसायीले विभिन्न माध्यमबाट सेवाग्राही तथा सेवाप्रदायकलाई जोडेका हुन्छन् । एजेन्टहरूले सेवाग्राही, साथीभाइ तथा आफन्तमार्फत व्यवसायी र सम्भावित खरिदकर्ता–बिक्रीकर्ताको सञ्जाल बनाएका हुन्छन् । सम्पर्कमा आएका ग्राहकको रेकर्ड राखी प्राथमिकता र जिज्ञासाको व्यवस्थापन गर्छन् । राम्रो परामर्श र सेवा दिँदै ग्राहकको आवश्यकता सम्बोधनका क्रममा बनेको सञ्जालले प्रपर्टिमा वृहत पहुँच बनाएका हुन्छन् । जसले गर्दा कुन क्षेत्रमा कस्तो र कति मूल्यको प्रपर्टि उपलब्ध छ भन्ने बारेमा सम्पूर्ण जानकारी उनीहरूसँग हुन्छ ।

मूल्यमा पारदर्शिता पाउनः

एजेन्टहरूले घरजग्गाको क्षेत्रफल, प्रकृति, स्वामित्व, कानुनी कागजात, सेवासुविधा र बजार भाउका विषयमा पारदर्शी भएर यथार्थ विवरण खरिदकर्तालाई दिन्छन् । एजेन्टसगँको सहकार्यमा घरजग्गा खरिद बिक्री गर्दा कारोबार व्यवस्थित र पारदर्शी हुन्छ । 

लोकल मार्केटको बारेमा जान्नः

बर्षौंदेखि घरजग्गा कारोबारमा लागेका एजेन्टहरूलाई लोकल मार्केटको ज्ञान हुन्छ । आफ्नो सम्पर्कमा आएका खरिदबिक्रीकर्ताको डाटाका आधारमा एजेन्टले लोकल मार्केटको निरन्तर अनुसन्धान तथा ज्ञान राखेका हुन्छन् । यसरी एजेन्टले कुनै निश्चित क्षेत्रमा घर जग्गाको मुल्य तथा भाडादरको ज्ञान नभएका साधारण खरिदकर्तालाई घरजग्गाको उचित मूल्याङ्कन गर्न सहयोग गर्छन् । 

मूल्य थपघटमा सहयोग गर्नः

लामो समयदेखि घरजग्गा क्षेत्रमा काम गर्दै आएका रियल स्टेट एजेन्टलाई प्राय क्षेत्रको भाडादर तथा मूल्यको बारेमा थाहा हुन्छ । यसो हुँदा एजेन्टमार्फत प्रपर्टि र मूल्यको सही मूल्याङ्कनका आधारमा कारोबार गर्न सघाउ पुग्छ । एजेन्टले प्रपर्टीधनीले राखेको मूल्य कम वा बढी भएमा उपयुक्त परामर्श दिई मूल्य तथा भाडा थपघट गराउँछ । 

कागजी प्रकियाको जटिलता सामान्यीकरण गर्नः

नेपालको सन्दर्भमा सरकारी कार्यालयमा कागजी प्रकृया झन्झटिलो छ । घरजग्गा बहाल तथा खरिद बिक्रीसम्बन्धी कारोबार गर्दा पुरा गर्नुपर्ने कागजी प्रकृयाको बारेमा अवगत हुनु जरुरी हुन्छ । अन्यथा अनावश्यक झन्झटमा फस्ने अथवा एकदिनमा हुने काम २/३ दिन लाग्ने हुनसक्छ । यस्तोमा, निरन्तर कारोबार गरिरहेका व्यक्ति तथा संस्थाबाट कागजी प्रकृयाको झन्झट कम गर्न सकिन्छ । एजेन्टले तपाईंले खरिद/ भाडामा लिन लागेको सम्पत्ति निर्माण सम्पन्न छ/छैन, मालपोतमा बुझाउनु पर्ने करहरू बुझाएको छ/छैन, मापदण्ड पूर्ण रूपमा पालना भएको  छ/छैन सबै चेकजाँच गर्दछ । सो नियम पुरा नगरिएको खण्डमा जिम्मेवार पक्षबाट मापदण्ड पुरा गराउँछन् । 

यसबाहेक रियल स्टेट एजेन्टले तपाईंलाई घरजग्गा बेच्न परेको खण्डमा आवश्यक सहयोग गर्दछन् । यसबापत एजेन्टले केहि प्रतिशत शुल्क निर्धारण गरेका हुन्छन् । निश्चित रकम तिरेर आफूले लिन लागेको प्रपर्टिमा निर्धक्क हुन सकिने हुँदा एजेन्टसँगको सहकार्य महत्वपूर्ण छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It