Lifestyle

राणाकालीन दरबारको अस्तित्व संकटमाः जिम्मेवार निकाय मौन

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ । ऐतिहासिक महत्व बोकेको संरचनालाई कुनै पक्षले पनि पुनः निर्माण गर्ने चासो देखाएको छैन । भवनलाई झारपात र बोटबिरुवाले ढाक्न थालेको छ ।

उक्त भवन जुद्ध शमशेरले कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरेका थिए । ०७२ को विनाशकारी भूकम्पका कारण जीर्ण बनेको संरचनाको उचित संरक्षण नहुँदा त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन् ।

भूकम्पमा भवनको पूर्वतिरको भाग पूरै भत्केको छ । छानो भत्किन लागेको छ । पीपल, उत्तिसलगायत बिरुवाले भवनको अस्तित्व हराउँदै गइरहेको छ ।

पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्राचार गरिएको थियो । तर ऐतिहासिक संरचना निर्माणका लागि कुनै पहल नभएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठान भने नारायण भवन पुनःनिर्माणको प्रतीक्षामा छ । १६ रोपनी १४ आनामा फैलिएको नारायण भवनमा ०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय रहेको थियो । त्यसपश्चात् पञ्जिकरण विभागको कार्यालय रह्यो ।

तर ०७२ सालको भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पुर्‍याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जिकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो ।

हाल नारायण भवनको जग्गा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It