Lifestyle

एक रोपनी जग्गामा बन्दैछ महानायक हमालको नयाँ घर

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल नयाँ घरमा सर्ने भएका छन् । उनी कपुरधारास्थित पुरानो निवासबाट बुढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा सर्न लागेका हुन् । 

हाल सिद्धार्थ कोलोनीमा हमालका लागि एक रोपनी क्षेत्रफलमा आलिसान घर निर्माण भइरहेको छ । उनी लामो समय बसेको कपुरधाराको पुरानो घर भने भत्काइ सकिएको छ । 

चार महिनादेखि हमाल दम्पती कोलोनी नजिकैको एउटा भाडाको घरमा बस्दै आएका छन् ।

अबको दाम्पत्य जीवन नयाँ ढंगले अगाडि बढाउने सोचसहित नयाँ घरमा सर्न लागेको खुलासा भएको छ । 

पिता चुडाबहादुर हमालले तानसेन पाल्पामा जन्मिएका राजेशलाई पहिलोपटक काठमाडौं आउँदा कपुरधारास्थित घरमा लगेका थिए । त्यही घरमा हमालले दशकौं बिताए । 

कपुरधारास्थित घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It