News

गाउँपालिकाको विवादका कारण नदिजन्य पदार्थ उत्खननमा रोक 

Pinterest LinkedIn Tumblr

काठमाडौं । प्राकृतिक स्रोतको प्रयोग गर्ने विषयमा दुई गाउँपालिकाबीच विवाद हुँदा नदीजन्य पदार्थ उत्खनन रोकिएको छ । गण्डकी प्रदेशको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको बीचमा रहेको त्रिशूली नदीको गिट्टी, बालुवा प्रयोगको विषयमा विवाद भएपछि उत्खनन रोकिएको हो ।

शहीद लखन गाउँपालिकाले गत माघ २२ गते ठेक्का लगाएर चितवनको कुरिनटार नजिकै नदीजन्य पदार्थ उत्खनन सुरु गरेको थियो ।

चितवनतर्फ असर पर्ने गरी नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि बागमती प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङसहितको टोलीले बन्द गर्न लगाएको छ । 

मङ्गलबार गरिएको अनुगमनका क्रममा चितवनतर्फ असर पर्ने गरी त्रिशूली नदीमा अस्थायी बाँध बाँधेरै नदीजन्य पदार्थ निकाल्न थालिएको थियो । तर आफूहरूले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गरेर नै ठेक्का लगाएको शहीद लखन गाउँपालिकाले दावी गरेको छ । 

चितवनतर्फ असर नपर्ने गरी आफ्नै गाउँपालिकाको अधिकार क्षेत्रमा पर्ने त्रिशूली नदीको सामग्री उपयोग गरिएको जनाइएको छ ।

नदीजन्य सामग्री उत्खननको विषयमा विवाद आएपछि थप अध्ययन नगर्दासम्म निकाल्न रोक लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It