Lifestyle

कुकुरपालनः नेपाली बजार मूल्य र हेरचाहमा ध्यानदिन पर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्ः

 

काठमाडौं । आज विश्व रेबिज विरुद्ध दिवस । रेबिज घातक भएपनि यसको रोकथाम गर्न सकिने भाइरल रोग हो । पागल भएका जनावरको टोकाइबाट मानिस र घरपालुवा जनावरहरूमा फैलिन सक्छ । संयुक्त राज्यमा, रेबिज प्रायः चमेरा, र्याकुन, स्कन्क्स र स्याल जस्ता जंगली जनावरहरूमा पाइन्छ । यद्यपि, अन्य देशमा कुकुरमा यसको संक्रमण  देखिने गरेको छ । विश्वभरको अवस्थितिलाई हेर्ने हो भने, कुकुरको टोकाइबाट मानिसलाई रेबिज भई मृत्यु हुने गरेको छ । 

जनावरहरू मध्ये प्राय सबैभन्दा नजिकको मानिएको घरपालुवा जनावर हो ‘कुकुर’ । आज हामी कुकुरको हेरचाह कसरी गर्ने भन्ने विषयमा चर्चा गर्नेछौ

कुकुरको हेरचाहः

कुकुरलाई दिनहुँ घरबाहिर लैजानुपर्छ र ऊसँग खेल्नुपर्छ । कुकुरलाई पनि व्यायामको आवश्यकता हुन्छ । कुकरलाई सातामा तीन पटक नुहाए पुग्छ । हरेक १५ दिनमा कुकरको नङ काटिदिनु पर्छ । यसो गर्दा कुकुर खुट्टामा हुने सङ्क्रमणबाट बच्छ । कुकुरलाई खुट्टाले माटो खन्न मन पर्छ । बाहिर घुमाएर घर फर्केपछि कुकुरको खुट्टा राम्ररी सफा गरिदिनुपर्छ ।

घरपालुवा जनावरको खाने, सुत्ने, घुम्ने लगायत समय निश्चित गरिदिनुपर्छ । सङ्क्रमणबाट बचाउन कुकुरका कान, दाँत नियमित सफा गरिदिनुपर्छ । मासु, गाँजर, दूधलगायत स्वस्थ खानेकुरा कुकुरलाई खुवाउनुपर्छ । लसुनलाई कुकुरबाट टाढा राख्नु पर्दछ । यसमा अर्गानोसल्फर नामक रसायन हुन्छ, जसले कुकुरको रातो रक्त कोशिकामा नकारात्मक प्रभाव पार्छ ।

नेपालमा कुकुरपालनः

नेपालमा विदेशी र स्वदेशी  गरी ४५ भन्दा बढी जातका कुकुरपालन भएको पाइन्छ । ठूला जातका कुकुरमा एल्सेसियन, ग्रेटडेन, जर्मन सेफर्ड, डोरम्यान, ल्याब्रडोर, बक्सर र बुलडग जस्ता प्रजाति छन् । साना जातमा जापानी स्पिज, ल्हासा आम्लो आदि छन् । यसबाहेक ककर स्पानियल, पग, डचशन्ड, सेन्ट बर्नान्डजस्ता प्रजातिका कुकुरको माग र उत्पादन हुने गरेको छ । आयातित कुकुरहरूमा बुलडग, ग्रेडेन सेन्ट ब्रनाईअट्यालर महँगा कुकुर हुन् ।

नेपालमा न्यूनतम ५ हजारदेखि ३ लाख रुपैयाँसम्मका कुकुरहरू खरिदबिक्री भइरहेका छन् । जापानिज स्पिजको मूल्य न्यूनतम ५ हजारबाट शुरू भएको पाइन्छ । महँगो कुकुर अर्थात् बुल डगको डेढ देखि तीन लाख रुपैयाँसम्म पर्दछ । तर कम्पनी र कुकुरको गुण अनुसार मूल्य फरक पर्दछ ।

नेपालमा मात्र पाइने भोटे जातको कुकुरको प्याटेन्ट भने खोसिएको छ । नेपालबाटै यो जातको कुकुर लोपोन्मुख अवस्थामा पुगेको छ भने अर्को यस जातको कुकुरलाई चीनले नश्लसुधार गरेर तिब्बतियन मास्टिभ नामकरण गरेर आफ्नो बनाएको छ । नेपाली भोटे कुकुरले तिब्बतियन मास्टिभ नाम मात्र पाएन, विश्वमा सबैभन्दा महँगो मूल्यमा विक्री हुने कुकुरको कीर्तिमान पनि राख्यो । चीनले यसलाई झण्डै २५ करोड रूपैयाँ (२ दशमलव ५ मिलियन डलर) मा विक्री गरेको तथ्य समेत बाहिर आयो । सुरक्षाका दृष्टिकोणले गार्ड नै मानिने भोटे कुकुरको मूल्य र महत्त्व नबुझ्दा लोप हुने अवस्थामा छ ।

नेपालमा प्रचलित केही कुकुरको मूल्यः

जापानिज स्पिट्जः

जापानिज स्पिट्ज

हेर्दा सेतो हिउँको डल्लो देखिने यी प्रजातिको यो कुकुर सानो देखि मध्यम आकारका हुन्छन् । जापानको नयाँ जातमा पर्ने यी कुकुर मानव अनुकूल स्वभावका कारण संसारभर रुचाइन्छ । नेपालमा यसको मूल्य सात हजार रूपैयाँ बाट सुरु हुन्छ । 

हस्कीः

हस्की

पृथ्वीको उत्तरी क्षेत्रमा पाइने सुन्दर कुकुर मूलतः साइबेरियामा पाइन्छ । चतुर बुद्धि र सुन्दरताका लागि प्रचलित हस्की प्रजातिले चिसो वातावरणमा समायोजन गर्न सक्छन् । बजारमा जात अनुसार मूल्य ३५ हजार देखि १ लाखसम्म रहेको छ ।

पोमेरानियनः

पोमेरानियन

सानो गुडिया जस्तै देखिने यो कुकुर पनि स्पिट्ज जातिमा पर्छ । जर्मन स्पिट्जको नामले चिनिने यो प्रजातिका कुकुर पालनको मोह नेपालमा पनि बढिरहेको छ । नेपाली बजारमा यसको मूल्य ३५ हजारबाट सुरू भई जात अनुसार करिब ८० हजारसम्म पनि पर्न सक्छ ।

बक्सरः

बक्सर

‘बक्सर’ जमर्नीमा विकसित भएको कुकुरको प्रजाति हो । बलियो शरीर र सक्रिय स्वभावका कारण यो प्रजातिलाई पहिलेपहिले शिकार गर्न प्रयोग गरिन्थ्यो । ‘बक्सर’ शारीरिक रुपमा बलियो हुने भएकाले यिनलाई पर्याप्त व्यायामको आवश्यकता हुन्छ । यस प्रजातिको मूल्य बजारमा १८ देखि ३५ हजार रूपैयाँसम्म छ ।

डाल्माटियनः

डाल्माटियन

डाल्माटियन मध्यम आकारका कुकुर हुन् । आफ्नो सेतो शरीरमा भएको सुन्दर कालो थोप्लाका कारण प्रख्यात यो प्रजातिको उत्पत्ति क्रोएसियामा भएको मानिन्छ । सन् १९६१ मा वाल्ट डिस्नीले ‘डाल्माटियन १०१’ नामक कार्टुन फिल्म बनाएका थिए । जसले डाल्माटियन प्रजातिका कुकुरको माग संसारभर व्यापक भयो । नेपाली बजारमा यिनको मूल्य १० देखि २० हजार रूपैयाँसम्म छ । 

पगः

पग

पग सामान्य कुकुरभन्दा फरक र विशेष देखिन्छन् । सानो शरीर, छोटो अस्पष्ट अनुहार र घुमाउरो पुन्टे पुच्छरले मानिसलाई आकर्षित गर्दछ । पहिलोपटक चीनमा देखापरेको यो प्रजातिको माग सबै देशमा छ । पगलाई मिलनसार र कोमल स्वभावको कुकुर भनेर चिनिन्छ । नेपालमा सानो पगको मूल्य पन्ध्र हजार रूपैयाँबाट सुरु हुन्छ ।

लाब्रडोरः

लाब्रडोर

लाब्रडोर कुकुर ठूला गोल्डेन रिट्रिभर प्रजातिभित्र पर्छन् । यिनलाई ‘थेरापी डग’ को नामले पनि चिनिन्छ । प्रायः यी प्रजातिको कुकुरलाई अशक्त, दृष्टिविहीन र अटिजम भएकालाई सहायता गर्न प्रशिक्षण दिइएको हुन्छ । त्यसैले लाब्रडोर आफ्नो आज्ञाकारी, इमानदारी र चञ्चल स्वभावको लागि परिचित छन् । एउटा सानो लाब्रडोरको नेपाली मूल्य बीस हजार देखि ३० हजारसम्म रूपैयाँ छ ट

गोल्डेन रिट्रिभरः

गोल्डेन रिट्रिभर

पहिलोपटक स्कटल्याण्डमा देखा परेका यी कुकुर संसारभर लोकप्रिय छन् । यीनले मान्छेसँगै जंगलमा शिकार गर्न जाने गोल्डेन रिट्रिभर अशक्तको सहायता गर्न सक्छन् । खोज अनुसन्धान र उद्धारको कार्यमा बढी संलग्न गराइने गोल्डेन रिट्रभरको छाउराको बजार मूल्य २५ हजार देखि ४५ हजार रुपैयाँसम्म छ ।

जर्मन शेफर्डः

जर्मन शेफर्ड जर्मनीमा उत्पन्न भएको मानिन्छ । ठूलो शारीरिक बजर्मन शेफर्डनोट भएका यिनलाई सैन्य काममा बढी प्रयोग गरिँदै आएको पाइन्छ । ब्वाँसो जस्तो देखिने यी कुकुर आफ्नो शक्ति, आज्ञाकारिता र बुद्धिका कारण चर्चित छन् । नेपाली बजारमा यी प्रजातिका कुकुरको मूल्य पन्ध्र हजार रूपैयाँ छ । यो मूल्य जर्मन शेफर्डभित्र पर्ने अन्य जात हरेर पनि फरक पर्न सक्छ । एउटा शुद्ध जर्मन शेफर्ड जातको मूल्य भने ४० देखि ४५ हजारसम्म छ। 

तिब्बटेन मस्तिफः

तिब्बटेन मस्तिफ

हिमालयन शिपडग जस्तै देखिने तिब्बटेन मस्तिफ पनि मस्तिफ वर्गमा पर्ने कुकुर हो । यो जातिको कुकुरको मूल्य भने अरुभन्दा महँगो छ । नेपालमा नै पाइने तिब्बटेन मस्तिफ कुकुरको मूल्य ५० देखि ८० हजारसम्म छ । यदि कसैलाई बाहिरबाट आयात गर्नु परेमा त्यसको मूल्य दुईदेखि चार लाखसम्म पर्न सक्छ । 

हिमालयन शिपडगः

हिमालयन शिपडग

‘भोटे कुकुर’ को नामले चिनिने हिमालयन शिपडग हिमाली क्षेत्रतिर पाइन्छ । यिनीहरू सचेत र बुद्धिमान हुन्छन् । बथानमा हिँड्ने भएकाले यिनलाई भरपर्दो गार्डका रूपमा लिइन्छ । त्यसैले हिमालयन शिपडग विशेषगरी भेडाबाख्रामा नजर राख्न पाल्ने गरिन्छ । ३५ देखि ४५ केजीसम्म तौल हुने हिमालयन शिपडगको छाउराको बजारी मूल्य आठ हजारदेखि दस हजार रूपैयाँसम्म छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It