Celeb Homes

४५ करोडमा ‘पूजा हेगडे’ले किनिन् आकर्षक बंग्लो

Pinterest LinkedIn Tumblr

काठमाडौं । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारूको घर किनेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले मुम्बईको बान्द्रामा समुद्र नजिकै बंंगलो किनेकी हुन् । यो बंगलोमा ४ हजार वर्गफिटको लिभिङ स्पेस छ । 

पूजा अहिलेसम्म बान्द्रामै 3BHK के अपार्टमेन्टमा बस्दै आएकी थिइन् । जसको मूल्य ६ देखि ८ करोड भारू रहेको बताइएको छ । यो फ्ल्याट बाहेक पूजासँग पोर्श केयेन जस्ता लक्जरी कार पनि छ । यो कारको मूल्य करिब २ करोड भारू रहेको छ ।

यस बाहेक उनीसँग ८० लाख भारूको अउडी क्यू ७ र ६० लाख भारूको ज्यागुआर छ । भारतीय सञ्चारमाध्यमका अनुसार पूजासँग ५१ करोड भारू सम्पत्ति छ । 

‘हाउसफूल ४’, ‘मोहेन्जो दारो’, ‘सर्कस’ र ‘किसीका भाइ किसिका जान’ लगायतका चलचित्रमा अभिनय गरिसकेकी पूजा आगामी फिल्म ‘देवा’ मा शाहीद कपूरसँग देखिँदैछिन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It