News

कारोबारमा नीतिगत भ्रष्टाचार हुँदा जग्गा कित्ताकाट हुन सकेन

Pinterest LinkedIn Tumblr

काठमाडौं । आइतबार नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा काठमाडौंमा आयोजित रियल इस्टेट व्यवसायी वृहत भेला २०८० सम्पन्न भएको छ । भेलामा उपभोक्ताको आत्मविश्वास बढाउने र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल भएको थियो ।

भेलामा बोल्दै महासंघका सल्लाहकार इच्छा बहादुर वाग्लेले  घर जग्गाको कारोबारमा नीतिगत भ्रष्टाचार बढी भएकोले कित्ताकाट फुकुवा भए पनि कित्ताकाट हुन नसकेको वाग्लेले बताए ।

जग्गा व्यवसायी आफ्नै शैलीमा जाने हो भने व्यवसायीका समस्या समाधान नहुने उनको भनाइ छ । घर जग्गा व्यवसायले हरेक क्षेत्रलाई चलायमान बनाउन मद्दत पुर्याउने भन्दै बैंकले सहज रूपमा घर कर्जा उपलब्ध गराउनु पर्ने वाग्लेको भनाइ छ । 

भेलालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताए ।

अर्थतन्त्रका बाह्य सूचक सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको ढकालको भनाइ छ । 

हालका चुनौतीबाट व्यवसाय तथा अर्थतन्त्रलाई जोगाउन सरकार र निजी क्षेत्र मिलेर बजारमा माग बढाउने अवस्था सिर्जना गर्नुपर्ने ढकालले बताए । 

ढकालले अर्थतन्त्रलाई चलायमान बनाउन महासंघले असोज २५ गते  प्रधानमन्त्रीसहित सबै सरोकारवालासँग परामर्श गर्न लागेको जानकारी दिए । 

महासंघले सात वटै प्रदेशमा लगानी सम्मेलन गर्ने पनि उनको भनाई छ । चीन र भारत केन्द्रित लगानी सम्मेलनको तयारीमा महासंघ रहेको पनि ढकालले बताए । एकअर्कालाई आरोप लगाउनुको सट्टा सबै मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उनको भनाई छ ।

अध्यक्ष ढकालले निजी क्षेत्रका सुझावका आधारमा नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गरेको पनि बताए ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It