Lifestyle

एक विवादित इमेलः के साँच्चै भारतीयले अष्ट्रेलियालाई फोहोर पार्दैछन् ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । अष्ट्रेलियामा भारतीय नागरिकलाई विभेदपूर्ण मेल पठाएको आरोपमा एक रियल स्टेट एजेन्टको लाइसेन्स खारेज भएको छ । सफाइको विषयलाई लिएर अभद्र मेल पठाएको आरोपमा  एजेन्ट ब्रोनविन पोलिटको लाइसेन्स खारेज भएको हो ।

पश्चिमी अष्ट्रेलिया राज्य प्रशासनिक न्यायाधिकरण (द वेस्टर्न अष्ट्रेलिया स्टेट एड्मिनिस्ट्रेटिभ ट्राइबिनल)ले पार्थ सिटीमा सञ्चालित माभिन रियलस्टेट कम्पनीकी एजेन्ट पोलिटको लाइसेन्स आठ महिनाको लागि खारेज गरेको छ ।

सन् २०२० मा छुट्टी मनाउन भारत जानुपर्ने भएपछि सन्दीपकुमार र ऋतुदेवीले उक्त घर खाली गरेका थिए । उनीहरू २०२१ मा अष्ट्रेलिया फर्केर रियलस्टेट कम्पनीबाट बहालवालाले सुरक्षाका जम्मा गरिएको रकम फुकुवा गर्ने विषयमा दुई पक्षबीच विवाद भएको थियो ।

विवादका बीचमा घर धेरै फोहोर पारेर छोडेको भन्दै पोलिटले सुरक्षाका लागि जम्मा गरेको रकमबाट केही हिस्सा काटिएको बताएकी थिइन् । सोही सन्दर्भमा उनले मे २०२१ मा भारतीयहरूको सरसफाइ बानीको आलोचना गर्दै इमेल गरिन् । जसमा लेखिएको थियो ‘भारतीयहरूले अष्ट्रेलियालाई भारतजस्तै फोहोर बनाइरहेका छन् ।’

एसियन मूलका मान्छेहरूको संस्कार र आनीबानी अष्ट्रेलियनहरूको तुलनामा निकै कम भएको जनाएकी थिइन् । साथै आफूहरू गुणस्तरीय र स्वच्छ जीवनशैली बाँचिरहेको भन्दै आप्रवासीबाट पनि सोही अपेक्षा गर्ने उल्लेख गरेकी थिइन् ।

पोलिटले भारतीय र अष्ट्रेलियनको कुनै तुलना हुन नसक्ने भन्दै भारतीयहरू अष्ट्रेलियन संस्कृतिसँग भिज्न सक्दैनन् समेत भनेकी थिइन् ।

पोलिटकाअनुसार ठूलो संख्यामा भारतीयहरूले अष्ट्रेलियालाई फोहोरको डंगुरमा परिणत गरिरहेका छन् । उक्त घटनापछि आफूहरूमाथि दुर्व्यवहार भएको भन्दै सन्दीपकुमार र ऋतुदेवीले उजुरी गरे ।

उजुरीलाई सम्बोधन गर्दै ‘द वेस्टर्न अष्ट्रेलिया इस्टेट एड्मिनिस्ट्रेटिभ ट्राइबिनल’ले पोलिटको लाइसेन्स खारेज गर्यो । भने पोलिटले इमेलमार्फत विभेदपूर्ण व्यवहार गर्ने मनसाय नभएको भन्दै सन्दीपकुमारसँग माफी मागेकी छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It