News

पद्मा कोलोनीको चौथो फेजमा बुकिङ खुल्ला, कति छ त हाउजिङको मूल्य

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

काठमाडौं । व्यस्त शहर, अव्यवस्थित जीवनशैली र बढ्दो महङ्गीको बराबर काठमाडौं हो भन्दा खासै फरक नपर्ला । धेरैको सपनाको शहर हुँदै गर्दा व्यवस्थित बसाइका लागि निकै चुनौती हुन थालेको छ । यस्तोमा विभिन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टको अवधारणा प्रचलनमा आएका छन् । 

राजधानीको बसाइलाई सुविधा सम्पन्न बनाउन पद्मा कोलोनीले डेढ दशकबाट घरहरू निर्माण गरी बिक्री गर्दै आएको छ । पद्मा कोलोनीको चौथो फेज, जसमा विलासी र आरामदायी जीवन लागि उपयुक्त हुने घरहरूको डिजाइन गरिएको छ । आकर्षक घरहरूको प्रिमियम सेट तथा उत्कृष्ट हाउजिङ काठमाडौंको पश्चिमा भागमा अवस्थित नागार्जुन नगरपालिकाको टौखेलमा निर्माणाधीन छ ।

कोलोनीका आकर्षक पक्षः

नागार्जुन नगरपालिका बसोबासका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित छ । सो क्षेत्रको मनोरम दृष्य र शितल-स्वस्छ वातावरणले जोकोहीलाई आकर्षित गर्दछ । हरेक क्षेत्रको लागि पायक पर्ने हुनाले पनि हुनसक्छ, हिजोआज यस क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढेको छ । शहरी सुख सुविधाका लागि मात्रै नभएर प्रकृतिको मनोरम आनन्द लिन सकिन्छ । 

padma colony

कोलोनीका विशेषताहरूः

डिजाइनः आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको छ । पद्मा कोलोनी सीतापाइला चोकबाट २.२ किलोमिटरको  दूरीमा रहेको छ । 

निर्माण सामग्रीः कोलोनी निर्माणमा गुणस्तरीय सिमेन्ट तथा कच्चा पदार्थको प्रयोग भएको छ । भविष्यमा आउनसक्ने विपदलाई मध्यनजर गर्दै कोलोनी निर्माण भइरहेको छ । साथै नेपालीहरूको आस्था र विश्वासको वास्तुशास्त्रका नियमहरूलाई समेत आत्मसात गरिएको छ । भवन डिजाइन  हेर्दा पनि सफा, सुन्दर र आकर्षक देखिन्छ । कोलोनी प्रवेश गर्ने बाटो १६  फिट फराकिलो छ ।

क्षेत्रफलः १७ रोपनीमा निर्माणाधीन कोलोनीमा ४५ वटा घरहरू रहेका छन् । कोलोनीमा ३ आनादेखि ५ आना क्षेत्रफलमा साढे दुई तलाका घरहरू रहेका छन् । भने घरहरू बेसमेन्ट भएका र नभएका गरी दुई थरिका छन् । 

फर्निसिङ तथा बनावटः घरहरू ननफर्निसिङ, सेमिफर्निसिङ र फुल फर्निसिङ तिन प्रकृतिका छन् । बनावट र फर्निसिङ आधारमा घरको मूल्य फरक फरक हुने कम्पनीले जनाएको  छ । किराले खाने समस्याबाट छुटकारा पाउनका लागि कम्पनीले घरका झ्याल, ढोका, भर्याङको पार्केटिङ र प्यानलिङको लागि स्पेसल सिसौ काठको प्रयोग गरेको छ । 

चौथो फेजका घरहरूमा ३ BHK देखि ४ BHK अर्थात् बेडरूम, लिभिङ रुम र भान्छाकोठा छन् । घरको मूल्य घरको साइज, जग्गाको फैलावट, अवस्थिति र तलाको आधारमा निर्धारण गरिएको छ । प्रत्येक बिल्डिङमा नेचुरल लाइट र भेन्टिलेसनलाई विशेष जोड दिइएको छ । भूकम्प प्रतिरोधि र NBC अर्थात् राष्ट्रिय भवन कोडका प्यारामीटर अनुसार घर निर्माण गरिएका छन् ।

padma colony

फिनिसिङको चरणमा रहेका घरहरूमा हाल फल्स सिलिङ, टायल, मार्वल र पार्केटिङको काम भइरहेको कोलोनीका उप-प्रबन्धक निपेश राज भण्डारीले बताए । कोलोनी शान्त, शीतल र रमणिय स्थानमा अवस्थित छ । कोलोनीबाट उदाउदो पारिलो घाम र अस्ताउँदो घामको मजा लिन सकिन्छ ।

व्यवस्थित बसोबासमा केन्द्रित भई निर्माण गरिएको यस हाउजिङमा अहिले चौथो फेजमा निर्माण भइरहेका हाउजिङको बुकिङ खुल्ला गरेको हो । 

चौथो चरणको निर्माणाधीन घरहरूको बुकिङ खुल्ला गरेको मार्केटिङ अफिसर चाँदनी सिहंले बताइन् । उनका अनुसार जग्गा र घरअनुसार मूल्य २ करोड ३१ लाखदेखि ३ करोड ४१ लाख सम्म रहेको छ । 

पद्मा कोलोनीमा के कस्ता सेवा सुविधा छन् त ! 

पानी

काठमाडौं उपत्यकाका अधिकांश स्थानहरूमा पानीको समस्या रहेको छ । सोहि कुरालाई मध्यनजर गर्दै कम्पनीले कोलोनीमा बोरीङको व्यवस्था गरेको छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था रहेको छ । 

पार्किङ

सार्वजनिक यातायातमा हुने सास्तिबाट छुटकारा पाउन आफ्नै सवारी साधनको चाहना सबैमा हुन्छ । सवारी साधन भएपछि उपयुक्त व्यवस्थापनको लागि पार्किङ त चाहिने नै भयो । जसलाई मध्यनजर गर्दै कोलोनीका प्रत्येक घरमा एउटा कार पार्किङ रहेको छ । 

यातायात

कोलोनी कलङ्की, सितापाइला, स्वयम्भु, रत्नपार्क जस्ता प्रमख व्यापारीक केन्द्रको नजिक भएकाले पनि बसोबासका लागि उपयुक्त रोजाइ बनेको छ । धादिङ नुवाकोट छिचोल्ने मुख्य सडक भएका कारणले पनि यहाँ यातायातको असुविधा हुने कुरै भएन । साथै उपत्यका भित्र र बाहिरका ठाउँहरूमा यात्राका लागि एकदम पायक पर्ने स्थानमा कोलोनी अवस्थित छ । 

शिक्षा र स्वास्थ्य

विलासी जिवन र रमणिय स्थानले मात्र आवश्यकताहरू पुरा हुन सक्दैन । स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण आवश्यकतामा त झन सम्झौता गर्ने कुरै भएन । कहिलेकाहीँ स्वास्थ्यमा गाह्रो साह्रो पर्दा नजिकमा राम्रो अस्पताल हुनुले जीवनयापनलाई निर्धक्क बनाउँदछ । कोलोनीबाट ३.५ किलोमिटरको दुरीमा मनमोहन हस्पिटल हुनुले पनि कोलोनीको आकर्षक बढाएको छ । त्यसका साथै विरेन्द्र सैनिक हस्पिटल समेत केहि किलोमिटरको दुरीमा रहेको छ । 

त्यसैगरी अर्को चासोको विषय हो शैक्षिक संस्था । बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि घरबाट टाढा पठाउन नपर्ने भएमा धेरै हदसम्म चिन्ताबाट मुक्ति मिल्दछ । त्यसो त कलङ्कीदेखि थोरै दूरीमा कोलोनी रहेको हुँदा चलेका थुप्रै शैक्षिक संस्थाहरू वरिपरि पाउन सकिन्छ । 

अन्य

बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि पनि २.२ किलोमिटरको दूरीमा सीतापाइला चोक पर्ने भएकाले वरपर थुप्रै बिगमार्ट, बैंक र पार्क समेत रहेका छन् । सुरक्षा प्रत्याभूतिका लागि कोलोनीमा चोबिसै घण्टा सेक्युरेटी गार्ड र सिसिटिभीको व्यवस्था गरिएको छ ।

रकम भुक्तानी र बैकिङ सेवा 

कोलोनीमा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । तत्कालै  तपाईंसँग पर्याप्त रकम छैन भने सुरुवातमा ३० प्रतिशत भुक्तानी गर्न सक्नुहुन्छ । साथै स्वामित्व हस्तान्तरणकाे लागि २ महिना भित्र सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भने कम्पनीले ६० प्रतिशत  घर लोनको समेत व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It