News

पद्मा कोलोनीमा मन्त्री रेग्मीको घर, चौथो फेजका घर औपचारिक बिक्री सुरू

Pinterest LinkedIn Tumblr

 

काठमाडौं । नागार्जुन नगरपालिका टौखेलस्थित पद्मा कोलोनीको चौथो फेजमा ओपन हाउस कार्यक्रम सम्पन्न भएको छ । मार्केटिङ पार्टनर बसोबासले उक्त कार्यक्रमको आयोजना गरेको थियो । नागार्जुन नगरपालिकाका उपमेयर शुशिला अधिकारी र बालबालिका मन्त्रि उमा रेग्मीले रिबन र केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा नगर तथा वडाका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो । उद्घाटन पश्चात औपचारिक रूपमा कोलोनीका घरहरू बिक्री सुरु भएको कम्पनीले जनाएको छ । 

padma colony

ओपन हाउसमा महिला तथा बालबालिका मन्त्री उमा रेग्मीले पनि सहभागिता जनाएकी थिइन् । उनले कोलोनीको अनुगमन पश्चात आफूलाई कोलोनीको डिजाइन मनपरेको र वातावरणबाट पनि प्रभावित भएको बताइन । त्यति मात्रै नभएर उनले कोलोनीमा घर समेत बुकिङ गरेकी छन् । 

padma colony

बसोबासका तर्फबाट सेल्स एसोसिएटेड सिजन महर्जन र संज्ञा श्रेष्ठले सहभागीहरूलाई कोलोनीमा भ्रमण गराएका थिए । 

colony visit

उद्घाटन तथा ओपन हाउस कार्यक्रममा ३० जना सहभागी रहेको बसोबासका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजन अधिकारीले बताएका छन् । कार्यक्रममा दुई जनाले कोलोनीमा घर बुकिङ गरेको उनले बताए । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It