Property

पद्मा कोलोनीका आकर्षक घरहरू बिक्रीमा, १५ युनिट मात्रै बाँकी 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पछिल्लो समय सुरक्षित र सुविधासम्पन्न बसाइका लागि हाउजिङ र कोलोनी प्रति आकर्षण बढ्दो छ । यसैबीच विगत दुई दशकदेखि पद्मा कोलोनीले उपभोक्तालाई सहज र सजिलोसँगै उत्कृष्ट डिजाइनका घरहरू निर्माण गरि बिक्री गर्दै आएको छ । पहिलो र दोस्रो फेजको सफलतापछि कोलोनीले हाल तेस्रो फेजका घरहरू बिक्री गरिरहेको छ । 

नागार्जुन नगरपालिका रामकोटमा २० रोपनी जग्गामा निर्माण सम्पन्न पद्मा कोलोनीमा ७५ ओटा घरहरू छन् । जसमध्ये हाल १५ ओटा घर बिक्रीमा रहेको छ । आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको छ । साथै यहाँका घरहरू भुकम्प प्रतिरोधी आर सि सि फ्रेम स्ट्रक्चरमा निर्माण भएका छन् । 

पद्मा कोलोनी सीतापाइला चोकबाट २ किलोमिटरको  दूरीमा रहेको छ । कोलोनीका घरहरू ३ आना देखि ५ आना २ पैसा २ दाम जग्गामा फैलिएका छन् । घरहरू प्रायजसो ३ BHK र ४ BHK का रहेका छन् भने कोलोनीमा ७ BHK का २ ओटा घर रहेका छन् । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग  

ननफर्निसिङ, सेमिफर्निसिङ र फुल फर्निसिङ तिन प्रकारका घरको मूल्य बनावट र फर्निसिङका आधारमा फरक हुने कम्पनीले जनाएको  छ । कम्पनीका अनुसार, धमिरा र धुलियाको समस्याबाट बच्न कम्पनीले घरका झ्याल, ढोका, भर्याङको पार्केटिङका लागि स्पेसल सिसौ काठको प्रयोग गरिएको छ । कम्पनीले घरको मूल्य ३ करोड १० लाख देखि ३ करोड ७५ लाख सम्म तोकेको छ ।  

पद्मा कोलोनीको तेस्रो फेजमा उपलब्ध सुबिधाहरूः

पानी तथा ढल निकास

काठमाडौं उपत्यकाभित्र अधिकांश ठाउँमा पानीको समस्या छ । तसर्थ पानीको समस्या झेल्न नपर्नेगरी कम्पनीले कोलोनीमा डीप बोरिङको व्यवस्था गरेको छ । साथै ढल निकासको पनि राम्रो व्यवस्था भएको कम्पनीको दावी छ । 

पार्किङ तथा यातायातः

कोलोनीका प्रत्येक घरमा एउटा कार पार्क गर्न सकिन्छ । कोलोनी कलङ्की, सीतापाइला, स्वयम्भु, रत्नपार्क जस्ता प्रमख व्यापारीक केन्द्रको नजिक भएकाले पनि बसोबासका लागि उपयुक्त रोजाइ बनेको छ । धादिङ नुवाकोट छिचोल्ने मुख्य सडकसँग कोलोनी जोडिएकाले यहाँ यातायातको असुविधा हुने कुरै भएन । साथै उपत्यका भित्र र बाहिरका ठाउँहरूमा यात्राका लागि एकदम पायक पर्ने स्थानमा कोलोनी अवस्थित छ । 

शिक्षा र स्वास्थ्य

कोलोनीबाट ३ किलोमिटरको दूरीमा मनमोहन हस्पिटल अवस्थित छ । त्यसका साथै विरेन्द्र सैनिक हस्पिटल समेत केही किलोमिटरको दूरीमा रहेको छ । त्यसैगरी कलङ्कीदेखि थोरै दूरीमा कोलोनी रहेको हुँदा चलेका थुप्रै शैक्षिक संस्थाहरू वरिपरि पाउन सकिन्छ । 

Padma III

अन्य

बैंकिङ कारोबार, सपिङ तथा मनोरञ्जनका लागि ले वरपर थुप्रै बिगमार्ट, बैंक र पार्क समेत रहेका छन् । खेलकुद र पौडीका लागि पनि कम्पनीले कोलोनीमा नै स्विमिङ पुलको व्यवस्था गरेको छ । सुरक्षा  प्रत्याभूतिका लागि कोलोनीमा चोबिसै घण्टा सेक्युरेटी गार्ड र सिसिटिभीको व्यवस्था गरिएको छ ।

रकम भुक्तानी र बैकिङ सेवाः

कोलोनीमा बस्न चाहनेहरूका लागि कम्पनीले भुक्तानी प्रक्रियामा समेत सहजिकरण गरेको छ । घर बुकिङ गर्दा सुरुवातमा ३० प्रतिशत भुक्तानी गर्न सक्नुहुन्छ । साथै स्वामित्व हस्तान्तरणकाे लागि ३५ दिन भित्र सम्पूर्ण रकम भुक्तानी गर्नुपर्ने हुन्छ । भने सेन्चुरी बैंकबाट कम्पनीले ७० प्रतिशत  घर लोनको समेत व्यवस्था गरेको छ । 

कोलोनीका घरहरूबारे जिज्ञासा भएमा जानकारीका लागि अथवा कारोबारका लागि ९८६१४४६०११ र ९८४११५२००५ यी दुई नम्बरमा सिधा सम्पर्क गर्नुहोला

प्रतिक्रिया दिनुहोस्
Pin It