Property

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग  

Pinterest LinkedIn Tumblr

 

काठमाडौं । पछिल्लो समय सुविधासम्पन्न बसाइका लागि हाउजिङ र कोलोनीप्रति आकर्षण बढिरहेको छ । यसैबीच विगत दुई दशकदेखि पद्मा कोलोनीले उपभोक्तालाई सहज र सजिलोसँगै उत्कृष्ट डिजाइनका घरहरू निर्माण गरि बिक्री गर्दै आएको छ ।

हाल पद्मा ग्रुप अफ कम्पनीले रामकोटमा पद्मा कोलोनीको तेस्रो फेज निर्माण गरि बिक्री गरिरहेको छ । आज हामी कोलोनीको तेस्रो फेजमा निर्माण गरिएका घरको डिजाइन र स्ट्रक्चरको बारेमा कुरा गर्दैछौँ । 

आधुनिक बक्स मोडलमा निर्माण गरिएको कोलोनी हेर्दा निकै सुन्दर र आकर्षक देखिन्छ । २० रोपनी क्षेत्रफलमा फैलिएको कोलोनीमा ७५ ओटा घरहरू छन् । घरहरू ३ देखि ५ आना जग्गामा निर्माण भएका छन् । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग  

कोलोनी काठमाडौं नगरपालिका नगरविकास प्राधिकरणको नयाँ मापदण्ड अनुसार निर्माण गरिएको छ । डबल टाई बीम र १२ X १२ को पिलर राखिएका घरहरू भुकम्प प्रतिरोधात्मक भएको कम्पनीको दावी छ । कोलोनीका सम्पूर्ण घर माटो परीक्षणका साथै सम्पूर्ण आधारभूत कुराको चेकजाँच पश्चात निर्माण भएका छन् । प्रशस्त उज्यालोलाई ध्यानमा राखी घर तथा कोठाहरू तयार गरिएको छ ।

प्रत्येक घरमा एउटा कार र एउटा बाइक पार्किङको व्यवस्था छ । जहाँ स्ट्यान्डर्ड साइजका ब्लकको प्रयोग गरिएको छ । 

घरमा लेमिनेट गरिएको ढोका र झ्यालको प्रयोग गरिएको छ । किराले खाने समस्याबाट छुटकारा पाउनका लागि कम्पनीले घरका झ्याल, ढोका, भर्याङ र भुइँमा लेमिनेटेड पार्केटिङ गरेको छ । साथै प्यानलिङको लागि जङ्गली सिसौ काठको प्रयोग गरिएको छ । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग

वाटरप्रुफ ढोका रहेका घरहरूमा आकर्षक डिजाइनका फर्निचर प्रयोग गरिएको छ जसले घरको लुक्सलाई थप आकर्षक बनाएको छ । घरहरू ननफर्निस्ड, सेमिफर्निस्ड र फुल फर्निस्ड गरि तीन प्रकृतिका छन् । प्रत्येक बिल्डिङमा फल्स सिलिङको प्रयोग गरिएको छ ।

घरका वालहरूमा सिमेन्ट प्लास्टर, पुटिन र एसियन पेन्टको सफ्ट कलर प्रयोग गरिएको छ । घरका प्रत्येक कोठाहरू उज्यालो र घमाइलो रहेका छन् । कोलोनीका प्रत्येक घरमा आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधाहरू उपलब्ध गराएको छ । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग  

मोड्युलर किचेनमा चिम्नी र इजिप्टियन मार्बलको प्रयोग गरिएको छ । साथै किचेन फायरप्रूफ समेत रहेको कम्पनीको दावी छ । 

बाथरुममा सोमानी र NITCO ब्रान्डका धारा, कमोड लगायतका सामग्रीको प्रयोग गरिएको छ । भित्तामा सिमेन्ट बोर्ड र टायलको प्रयोग गरिएको बाथरुम वाटरप्रुफ भएको कम्पनीले जनाएको छ । 

पद्मा कोलोनीः उत्कृष्ट डिजाइनका घरमा आकर्षक फर्निचरको प्रयोग

बिजुली सप्लाइको लागि घरमा नर्थवेस्ट र विप्रो ब्रान्डका मोड्युलर स्विचहरूको प्रयोग गरिएको छ । त्यसैगरी पानी तथा ढलका लागि प्लम्बर र एस्ट्रल ब्रान्डको CPVCPVC पाइपहरू प्रयोग भएको छ । 

आधुनिक डिजाइनका घरमा रुचि राख्ने खरिदकर्तालाई लक्षितगरी निर्माण गरिएको कोलोनीमा एउटा परिवारलाई आवश्यक पर्ने हरेक किसिमका सेवा उपलब्ध गराएको कम्पनीको  दाबी छ । कम्पनीको नियममा आधारित रहेर खरिदकर्ताले घरको डिजाइन परिवर्तन गर्नसक्ने सुविधा समेत उपलब्ध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It