News

घरजग्गामा लगानी गर्नेहरुको लागी पाँचखाल बन्दै हटस्पट । यस्ता छन् कारण !

Pinterest LinkedIn Tumblr

काठमाडौंबाट मात्र ३० किलोमिटरको दुरिमा रहेको पाँचखाल क्षेत्र काभ्रे जिल्लामा अवस्थित छ । निफ्राले यस क्षेत्रमा स्मार्ट सिटी निर्माण गर्ने भए पछी घरजग्गा लगानिकर्ताहरु यस क्षेत्रतर्फ तानियका हुन ।यती मात्र हैन यस क्षेत्रमा थुप्रै बिकासका काम आगाडी बढेका छन । थुप्रै बिकासका आयोजनाहरु यस क्षेत्रमा बन्ने क्रममा भएको हुँदा लगानिकर्ताहरु यस क्षेत्र प्रती आकर्षित भएका हुन । हिमाल र पहाडको रमणीय दृस्य, कृषिको लागि उर्बर भूमि ,पलाञ्चोक भगवती मन्दिर, र अरनिको राजमार्गका कारण पाँचखाल अझै उपयुक्त स्थान बनेको छ ।

यहाँ आयोजना हुने भनेका र बन्दै गरेका बिकास निर्माणका कामहरुले पनि यस क्षेत्रमा लगानी कर्ताको ध्यान आकर्शित भएको हो । यस क्षेत्रमा पाँचखाल विशेष आर्थिक क्षेत्र स्थापित हुने कार्य लगभग अन्तिम चरणमा छ जुन अरानीको राजमार्ग बाट मात्र ३ किलोमिटरको दुरिमा छ। सोही ठाउँमा ५० भन्दा बढी ठुला कलकारखानाहरु १००० रोपनी क्षेत्रफल रहेको जग्गामा फैलिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको हो । यसअघि विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएको थियो । तर, प्राविधिक टोलीले त्यहाँ पायक नपर्ने बताएपछि उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको पाँचखालमा स्थापना हुन लागेको हो । विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । विश्वविद्यालयसम्बन्धी विधेयक गत साउनमा संसद्मा दर्ता भइसकेको छ । विधेयक संसदीय समितिमा छलफलको क्रममा छ ।


पाँचखालमा लगानी को लागि उपयुक्त घडेरिहरु


पाँचखाल नगरपालिकामा एक दर्जन विकासका आयोजना अघि बढेका छन् । ६ हजार घरमा धारा पु-याउने उद्देश्यले दुई अर्ब २२ करोड लागतको सुनकोसी पाँचखाल उपत्यकाका खानेपानी आयोजना केही समय अगाडी मात्र सुरु भएको छ । उक्त योजनको लगभाग धेरै काम सकिएको र २०२३ मा सम्पन्न गर्ने योजना छ । त्यस्तै, हरित महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको छ । सार्क महिला उद्यमी र अन्य महिला उद्यमीले यहाँ १४ वटा घरेलु उद्योग स्थापना गर्न लागेका छन् । शिखरपुरमा यसको प्रक्रिया अघि बढिसकेको छ । युवाहरूका लागि युथ इनोभेसन सेन्टर स्थापना प्रक्रिया अघि बढेको छ । साथै, काठमाडौं विश्वविद्यालयको कृषि विभाग पाँचखालको अनेकोटमा स्थापना हुने भएको छ । काठमाडौं विश्वविद्यालय र पाँचखाल नगरपालिकाबीच पाँचखालमा कृषि र ईन्जिनियरिङ विषयको अध्यान र अध्यापनको लागि सम्झौता भएको छ जस्मा यस क्षेत्रको कृषी क्षेत्रमा ठुलो टेवा पुगेको छ र यसै बर्षबाट अध्यापन सुरु भएको छ ।

काभ्रेपलाञ्चोकको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको मास्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा छ ।  सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो ।

पाँचखालमा करिब ४० वटा उद्योग स्थापनाको तयारीमा रहेको छ । नगरप्रमुख महेश खरेल “पाँचखाल सुनको कचौरा हो । यहाँ कृषि र अन्य उत्पादनका ४० उद्योग स्थापनाको तयारी थाल्दै छौँ” भन्छन । उद्योग स्थापनाले स्थानीय स्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नुका साथै करिब ४ हजार स्थानीयले रोजगारी पाउनेछन् । उद्योग स्थापनाका लागि नगरले स्थानीयलाई नै प्राथमिकता दिने योजना छ ।

पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको यस प्रकारको स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगट्ने बताइएको छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यिनै करणले गर्दा यहाँ घरजग्गा किन्नेको संख्या बड्दो छ । यहाँ जग्गाको मुल्य वृद्धिदर ३० देखी ३५% सम्म छ भने लगानी कर्ताले ५ वर्षमा ३००% मुनाफा कमाउन सक्नेछन । यदी तपाईं पनि जग्गा लगानी गर्ने सोच्दै हुनुहुन्छ भने पाँचखाल उत्तम स्थान हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It