Vaastu

तपाईंको घरमा ‘उल्लु’को फोटो छ ? यस्ता छन् जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । वास्तुशास्त्रको पालना गर्दै घरमा विभिन्न देवीदेवता र तिनका प्रतिकहरूको तस्विर तथा मूर्तिहरू राख्ने चलन छ । उपयुक्त दिशा र स्थानमा राखिएका यस्ता मूर्ति तथा तस्विरले परिवारमा शान्ति र वैभव ल्याउने विश्वास गरिन्छ । घरमा लाटोकोसेरो अर्थात् उल्लुको तस्विर तथा मूर्ति राख्दा पर्ने प्रभावबारे छलफल गर्दैछौं ।

उल्लुलाई बुद्धि र समृद्धिको प्रतीक मानिन्छ । हिन्दू धर्मअनुसार यसलाई धनकी देवी लक्ष्मीको वाहनको रुपमा पूजा गर्ने चलन पनि छ । 

वास्तुअनुसार उल्लुको तस्विर र मूर्ति घरमा राख्दा लक्ष्मी माता प्रसन्न भइ आशीर्वाद प्राप्त हुने विश्वास छ । साथै, यो वास्तु दोष हटाउन समेत महत्त्वपूर्ण प्रतीक मानिन्छ । 

घरमा उल्लुको तस्विर राख्दा घरपरिवारमा सुख–समृद्धि आउनुका साथै सकारात्मक ऊर्जा सञ्चार भइ नराम्रो नजरबाट बचाउने विश्वास गरिन्छ । 

वास्तुशास्त्रअनुसार घर, कार्यालय वा कार्यस्थलको उत्तरपश्चिम कुनामा उल्लुको मूर्ति राख्न सकिन्छ । यसले सकारात्मक उर्जा प्रवाह गर्छ । यो दिशाले दीर्घायु, स्वास्थ्य र बल प्रदान गर्दछ । 

screech-owl

उल्लुको मूर्तिलाई बैठक कोठा, पूजा कोठा र अध्ययन कक्ष आदिमा राख्नु राम्रो मानिन्छ । यसबाहेक उल्लुलाई यस्तो ठाउँमा राख्न सकिन्छ जहाँबाट उल्लुले घरको हरेक कुना देख्न सक्छ । यदि उल्लुको नजर ढोका तिर छ भने, यो अधिक शुभ हुन्छ । 

यसबाट लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ र कार्यस्थलमा सकारात्मक उर्जाको प्रवाह पनि बढ्नेछ । त्यस्तै, कार्यालयमा उल्लुलाई आफ्नो कामसँग सम्बन्धित वस्तुको नजिक राख्नु राम्रो हुन्छ ।  

अध्ययनको टेबल वा अफिसमा उल्लुको तस्बिर राख्ने हो भने धन प्राप्ति हुने विश्वास गरिन्छ । उल्लुलाई सधैं आफ्नो दाँयातिर पर्नेगरी राख्नुपर्छ । यसले काममा आउने सबै बाधाहरू हट्नेछ र आर्थिक उन्नतिको अवसर मिल्नेछ । 

शुक्रबार अर्थात् लक्ष्मीको पुजा गर्ने दिन उल्लुको फोटो वा मूर्ति घरमा ल्याउनु शुभ मानिन्छ । 

screech-owl
उल्लुबारे थप रोचक तथ्यहरूः
  • दिनमा उल्लु देख्नु सकरात्मक संकेत हो ।
  • बाटोमा हिँड्दा उल्लु उढेको देख्नुलाई धन प्राप्तिको संकेत मानिन्छ । 
  • बसेको उल्लु देख्नु फसेको पैसा छिटै उठ्नेको संकेत हो । 
  • सेतो उल्लु देखिएमा माता लक्ष्मीको कृपा प्राप्ति र भाग्य उदय हुन्छ । 
  • उल्लुले बाटो काट्नु आर्थिक लाभ र फसेको धन उठ्नेको संकेत हो ।
  • पुर्व दिशामा उल्लु देख्नु वा आवाज सुन्नु आर्थिक लाभको संकेत हो ।
  • दक्षिण दिशामा उल्लु देख्नु सत्रबाट विजय प्राप्त हुने संकेत हो।
  • उल्लु घरमा आएर घरमा बस्यो भने धनको आगमन हुन सक्दछ भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
  • पटकपटक घरमा आएर उल्लु बस्दा आर्थिक संकट र झमेला निम्तिन सक्छ ।
  • घरमा छतमा आएर उल्लु कराएमा परिवारमा संकट निम्तिन सक्छ ।
  • दक्षिण-पश्चिम दिशामा उल्लु देख्नु वा आवाज सुन्नु आर्थिक संकटको संकेत हो ।

उल्लुलाई विभिन्न धर्म वा सभ्यता र संस्कृतिहरूमा फरक-फरक विश्वासका साथ हेरिन्छ । नेपाली समाजमा मूर्ति र तस्विरलाई विशेष महत्वका साथ हेरिने भएपनि जिउँदो उल्लुलाई अशुभ पनि मान्ने गरेको पाइन्छ । यद्यपि जापान, अमेरिका र पश्चिमी संस्कृतिमा एक विशेष र बुद्धिमान चरा मानिन्छ । उल्लुले नकारात्मक उर्जा हटाएर भविष्यमा हुने दुर्घटनाको जानकारी दिने भएकाले रोमन सभ्यतामा पनि यसलाई महत्त्वपूर्ण स्थान दिइएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It