News

निलबाराही हाउजिङमा ओपनहाउस कार्यक्रम हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । यही असोज १३ गते बसोबासले ओपन हाउस कार्यक्रम आयोजना गर्ने भएको छ । भक्तपुरस्थित निर्माणाधीन निलबाराही हाउजिङका घरहरूको लागि साइट भिजिट गराउन ओपन हाउस आयोजना गर्न लागिएको हो । 

शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने ओपन हाउसमा निर्माण कम्पनी सीई कन्स्ट्रक्सनको पनि प्रतिनिधित्व रहनेछ । जहाँ हाउजिङमा उपलब्ध हुने सेवासुविधा तथा कुन ठाउँमा कस्ता घर बन्नेछन् भन्ने बारेमा प्रत्यक्ष जानकारी दिइनेछ । 

५५ रोपनी क्षेत्रफलमा फैलिएको यस हाउजिङमा जम्मा १ सय १७ वटा घरहरू बन्नेछन् । ४ आना देखि ८ आना क्षेत्रफलमा फैलिने घरहरूको मूल्य साइज, जग्गाको क्षेत्रफल, अवस्थिति र तलाको आधारमा २ करोड ६३ लाख देखि ३ करोड ७० लाख रुपैयाँ सम्म तोकिएको छ ।

ओपन हाउस कार्यक्रममा सहभागी सेवाग्राहीका लागि २१ युनिटको बुकिङ खुला गरिएको छ । जसका लागि ५० लाख रकम अग्रिम भुक्तानी गर्नुपर्ने निर्माण कम्पनीले जनाएको छ । 

निलबाराही मन्दिरको ठ्याकै पछाडि रहेको यस हाउजिङका घरहरू ननफर्निष्ड हुनेछन् । 3BHK देखि 5BHK सम्मका घरहरूमा कोठाहरू आवश्यकता अनुसार घटबढ गर्न पनि सकिन्छ । 

हाउजिङका घरहरू भूकम्प प्रतिरोधित र NBC अर्थात् राष्ट्रिय भवन कोडका प्यारामिटर अनुसार निर्माण हुनेछन् । 

मध्यम देखि उच्च वर्गका परिवारलाई लक्षित गरि निर्माण भइरहेको हाउजिङसँग २० फिट फराकिलो सडकको पहुँच रहेको छ ।  

ओपन हाउस सम्बन्धि थप जानकारीका लागि 9801038835 तथा 9801038851 मा सम्पर्क गर्नुहोला ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It