News

विदेश जान लागेका नेपालीलाई कोठा खोजिदिने भन्दै अनलाइन ठगी 

Pinterest LinkedIn Tumblr

काठमाडौं । विदेश जान लागेका नेपाली विद्यार्थीलाई अनलाइनबाट कोठा खोजिदिने बहानामा ठगी भइरहेको पाइएको छ । अध्ययनका लागि विदेशमा भिसा लागेका विद्यार्थीबाट कोठा खोजिदिने भन्दै एडभान्स लिएर स्क्यामरहरू सम्पर्कविहीन हुने गरेको पाइएको हो । 

हालसम्म  अनलाइनबाट बेलायतमा कोठा खोजिदिने बहानामा रकम लिएको र पछि मान्छे नै गायब भएको भन्दै दुई जना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन पुगेका छन् । जसमध्ये एक युवकले ५० हजार रुपैयाँ र अर्की युवतीले ७५ हजार रुपैयाँ कोठा खोजिदिन भनि दिएका थिए ।

स्क्यामरले भिसा आएपछि कोठाका लागि जति पनि तिर्न खोज्ने प्रवृत्तिको फाइदा उठाएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसरी जानेहरूलाई आफूभन्दा अघि गएका वा आफू जोमार्फत जान लागेको हो उसैसँग बुझेर मात्र नगद कारोबार गर्न अपराध अनुसन्धान कार्यालय सुझाव दिएको छ । 

साथै यस्ता घटना बढ्ने जोखिम उच्च भएकाले सचेत रहन समेत अनुरोध गरिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It