News

सुर्खेत र धनगढीमा ३० बिघा जग्गा खरिद गर्दै आयल निगम 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीमा जग्गा खरिद गर्ने भएको छ ।  डिपो सानो भएकाले भण्डारणगृह अत्यन्त न्यून भएको भन्दै निगमले सुर्खेत र धनगढीमा ३० बिघा जग्गा खरिद गर्न लागेको हो ।  

निगमले धनगढीमा २० बिघा र सुर्खेतमा १० बिघा जग्गा किन्ने तयारी गरेको छ । हाल आयल निगमको सुर्खेतमा १८ कट्ठा जग्गामा सानो डिपो छ । यहाँबाट डिपो स्थानान्तरण गर्नुपर्ने आवाज समेत उठेसँगै वीरेन्द्रनगर र सुर्खेत नगरपालिकाका विभिन्न पाँच स्थानमा रहेको सामुदायिक वनभित्रको जग्गा यकिन गरी खरिदका लागि सिफारिस भइसकेको जनाइएको छ । 

सुदूरपश्चिम प्रादेशिक कार्यालयका लागि भने कञ्चनपुरमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको २० बिघा जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको जनाइएको छ । 

हाल सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा छ । तर, आवास कम्पनीको जग्गा खरिदपछि कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यालय सर्नेछ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It