Property

बसोबास प्रपर्टि इभेन्टः विशेष छुट सहित भोटेबहाल प्लाजाका स्पेसहरू बिक्रीमा

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाको व्यस्त व्यवसायिक क्षेत्र भोटेबहाल काठमाडौंस्थित ‘भोटेबहाल प्लाजा’का स्पेस खरिदमा विशेष छुटको व्यवस्था गरिने भएको छ । बसोबास प्रपर्टि सेल्स इभेन्ट अन्तर्गत सीमित समयका लागि स्पेसको खरिदमा सेवाग्राहीले एक लाखसम्म छुट पाउने भएका हुन् ।

ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले आयोजित इभेन्टमा सुविधासम्पन्न भोटेबहाल प्लाजाका स्पेसहरूको समावेश गरिएका छन् । 

पूर्वी मोहडा भएको प्लाजा ३४ आना जग्गामा फैलिएको छ । बहुउद्देश्यीय प्रयोजनका लागि उपयुक्त यस प्लाजामा पसल, अफिस, अपार्टमेन्ट लगायतका सुविधा एउटै छानामुनि उपलब्ध हुनेछन् । 

३० हजार वर्गफिट स्पेसहरू उपलब्ध प्लाजाको ग्राउन्ड फ्लोर, पहिलो तल्ला र दोस्रो तल्ला पसलका लागि छुट्याइएको छ । 

तेस्रोदेखि पाँचौं तल्ला अफिस स्पेसका लागि छुट्याइएको छ भने छैठौं तल्ला अपार्टमेन्टका लागि छुट्याइएको छ ।

अत्याधुनिक सुविधासम्पन्न भोटेबहाल प्लाजाका अफिस स्पेसहरू बिक्रीमा 
किन खरिद गर्ने भोटेबहाल प्लाजाका स्पेसहरू ?

काठमाडौंको मुख्य व्यापारिक केन्द्रमा रहेको सुविधासम्पन्न व्यवसायिक भवन सीई निर्माण गरेको हो । यहाँ उपलब्ध आधारभूत देखि अत्याधुनिक सेवासुविधाको सहज पहुँचलगायतका कारण प्लाजाका स्पेसहरू खरिद गर्नु फाइदाजनक छन् । 

उपयुक्त स्थान

मुख्य व्यापारिक केन्द्र न्युरोड नजिकै निर्माणाधीन यस प्लाजा जुनसुकै व्यवसायका लागि पायक पर्ने स्थानमा छ । प्लाजा यातायातको सहज पहुँच र अधिकांशले जानेबुझेको स्थानमा हुनुले व्यसायकालागि थप महत्व बढाएको छ ।

लगानीमा प्रतिफल

व्यवसायिक हब न्युरोड नजिकै रहेकाले यो क्षेत्रमा जुनसुकै व्यवसाय सञ्चालनबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ । यातायातको सहज पहुँच र परिचित स्थानका कारण पनि यो हरेक व्यवसायका लागि उचित स्थान हो । साथै प्लाजामा उपलब्ध ५ वटा अपार्टमेन्टलाई सर्भिस अपार्टमेन्टको रूपमा प्रयोग गरी राम्रो आम्दानी समेत गर्न सकिन्छ । 

पार्किङ लगायत अन्य सुविधाहरू

२० फिटको फराकिलो सडकसँग जोडिएको यस कम्प्लेक्समा २५ वटा कार र १ सय ५० भन्दा बढी बाइक अट्ने पार्किङ उपलब्ध छ । साथै लिफ्ट, पावर ब्याकअप, चौबीसै घण्टा पानी, बत्ती, सेक्युरिटीलगायत अत्याधुनिक सुविधाको व्यवस्था गरिएको छ ।

इभेन्ट र विशेष छुट जारी भएका प्रपर्टीको बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It