Commercial

‘गोल्यान टावर’का अफिस स्पेस भाडामा 

Pinterest LinkedIn Tumblr

काठमाडौं । लोकप्रिय रियल स्टेट डेभलपर कम्पनी गोल्यानले पुरानो बानेश्वर हाइटमा कर्पोरेट अफिसलाई लक्षित गर्दै ‘फ्ल्यागशिप कमर्सियल बिल्डिङ’ निर्माण गरेको छ । 

ठूला कर्पोरेट कम्पनीका कार्यलयहरू छुट्टाछुट्टै स्थानमा राख्नुपर्ने बाध्यतालाई मध्येनजर गर्दै कम्पनीले यो परियोजना अघि सारेको हो । 

‘गोल्यान टावर’ नामक यस कर्पोरेट टावरमा १० वटा तला रहेका छन् । २ रोपनी जग्गामा बनेको टावरमा जम्मा ७१ हजार वर्ग फिट स्पेस उपलब्ध छ । प्रत्येक तल्लामा ६ हजार ३ सय वर्गफिट स्पेस उपलब्ध छन् । 

‘गोल्यान टावर’का अफिस स्पेस भाडामा

हाल भुईं तला, पहिलो, दोस्रो, तेस्रो र चौथो तला गरी करिब ३१ हजार वर्गफिट स्पेस भाडाका लागि उपलब्ध छ । 

कम्पनीले टावरका माथिल्ला तलाहरूमा भने  गोल्यान ग्रुपको मुख्यालयलगायत आफ्नै कार्यालयका लागि राख्नेछ । 

२० वटा ठूला अफिस क्षमताको टावरका फ्ल्याटहरू लिजमा मात्र लिन मिल्ने छ । ४४ भन्दा बढि गाडी र करिब सय भन्दा बढी बाइक पार्किङ क्षमताको टावरमा रेष्टुरेन्ट सर्भिस पनि उपलब्ध हुनेछ ।

पूर्वी मोहडा भएको यस टावरमा २२ फीट फराकिलो सडकको पहुँच रहेको छ । 

यो टावर पुरानो बानेश्वरबाट एयरपोर्ट, पशुपति, कमलादी, दरबारमार्ग, न्युरोड लगायत व्यवसायिक क्षेत्रहरू नजिकै छ । जसले गर्दा टावरलाई कर्पोरेट कम्पनीका उपयुक्त बनाएको छ ।

‘गोल्यान टावर’का अफिस स्पेस भाडामा

टावरमा सेक्युरिटी र उचित ढल निकासको व्यवस्था गरिएको छ । साथै २४ घण्टा पावर ब्याकअप , लिफ्ट, एमर्जेन्सी एग्जिट, फायर फाइटिङ सिस्टम, टृपल वेसमेन्ट पार्किङ लगायतका सुविधाहरू उपलब्ध छन् । 

सुविधासम्पन्न यस टावरमा स्पेस भाडा प्रति वर्गफिट १ सय ४५ रुपैयाँ तोकिएको छ । 

‘गोल्यान टावर’ तथा बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । साथै, ९८०१०३८८३५ तथा ९८०१०३८८५१ मा सम्पर्क गरेर पनि थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It