News

नौ जिल्लाका घरजग्गा बिक्री गर्दै एनआईसी एशिया बैंक

Pinterest LinkedIn Tumblr

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न जिल्लामा आफ्नो स्वामित्वमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै नौ जिल्लाका २६ स्थानमा रहेको गैर बैंकिङ सम्पत्ति लिलाम बिक्री गर्न लागेको जानकारी दिएको हो । 

लिलाम बिक्री गर्न लागिएका गैर बैंकिङ सम्पत्ति धनकुटा, मुगु, कालिकोट, बारा, सुनसरी, मोरङ रौतहट, दाङ र सुर्खेत लगायतका जिल्लाहरूमा रहेका छन् । 

ती सम्पत्तिहरू जहाँ जे अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य सिलबन्दी बोलपत्रमार्फत बिक्री गरिने बैंकले जनाएको छ । 

सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति/फर्म/कम्पनि/संघ संस्थाले विभिन्न शर्त र बन्देजहरूको अधीनमा रहि ७ दिनभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

घरजग्गा जग्गाको खरिद गर्न लागिएका महा/उप/नगरपालिका क्षेत्रहरूः

प्रतिक्रिया दिनुहोस्
Pin It