News

देशभरबाट सयभन्दा बढी घरजग्गा बेच्दै एनआईसी एशिया बैंक

Pinterest LinkedIn Tumblr

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने भएको छ । बैंकले बिहीबार एक सूचनामार्फत एक सय ३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ ।

बैंकले लिलाम सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गा पुनः बिक्री गर्न लागेको हो ।

कर्जा भुक्तानी गर्न नसक्ने ग्राहकको धितोमा रहेको सम्पत्ति लिलामी लागेर पनि बिक्री नहुँदा बैंकहरूले सकार्न पाउँछन् । पछि यस्तो सम्पत्ति पुनः बिक्रीमा राख्न सक्छन् र बिक्रीपछि हुने आम्दानी वित्तीय विवरणमा देखाउन सक्छन् ।

बैंकले कपिलवस्तु, गुल्मी, रौतहट, मकवानपुर, काठमाडौं लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकले ७ दिने गोप्य सिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को असारमा बैंकको खराब कर्जा मात्रै ०.८३ प्रतिशत थियो । गैर बैङ्किङको रुपमा रहेको यी सम्पत्ति सकारेपछि खराब कर्जाको दर घटेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It