News

न्यूयोर्कको तुलनामा काठमाडौंको भाडादर ९५ प्रतिशतले सस्तो

Pinterest LinkedIn Tumblr

काठमाडौं । अमेरिकाको प्रसिद्ध शहर न्यूयोर्क संसारकै सबैभन्दा महङ्गो शहर बनेको छ । न्यूयोर्क शहरमा एउटा बेडरुम भएको अपार्टमेन्टको मासिक भाडादर ३ हजार ७ सय ८९ डलर अर्थात् नेपाली करिब ५ लाख रुपैयाँ पुगेको छ ।

लोकप्रिय रियलस्टेट मार्केटप्लेस जिलोमा उल्लेखित न्यूयोर्कको भाडादर काठमाडौंको तुलनामा औसत ९४.९ प्रतिशतले बढी देखिन्छ । 

भाडादर अनुसार विश्वका शीर्ष १० महँगा शहरमध्ये सातवटा शहर अमेरिकाकै छन् । न्यूयोर्कबाहेक यसमा सान फ्रान्सिस्को, ब्रुकलिन, बोस्टन, सान डिएगो, मियामी र सान्जोस समावेश छन् । 

विश्व तथ्यांकका अनुसार विश्वका १३ शहरमा एउटा बेडरूमको अपार्टमेन्टको मासिक भाडा २५०० डलरभन्दा बढी छ । यसमा जर्जटाउन, लस एन्जलस र लन्डन समावेश छन् । 

त्यस्तै, सिंगापुर दोस्रो महङ्गो भाडा भएको शहर बनेको छ । जहाँ एउटा बेडरूमको मासिक भाडा ३ हजार ४ सय ५४ डलर पर्छ । 

लन्डन शहरको मूख्य क्षेत्रमा एउटा बेडरुम-अपार्टमेन्टको मासिक भाडा २ हजार ६ सय १४ डलर पर्छ । यस्तै हङकङमा २ हजार २ सय ७४ डलर, डब्लिनमा २ हजार १ सय २१ डलर, सिड्नीमा २ हजार १ सय १४ डलर, दुबईमा १ हजार ९ सय ७१ डलर, पेरिसमा १ हजार १ सय ४१ डलर, टोकियोमा ९ सय ७४ डलर र सांघाईमा ९३० डलर छ ।

भारतको राजधानी मुम्बईमा एउटा बेडरुम-अपार्टमेन्टको मासिक भाडा ५ सय ७० डलर छ । भारत विश्वमा महङ्गो भाडादर भएका शहरमा ३५१ औं स्थानमा छ । त्यस्तै, दिल्लीमा एउटा बेडरुम-अपार्टमेन्टको भाडादर मुम्बईको तुलनामा आधाभन्दा कम छ ।

मासिक भाडाको हिसाबले पाकिस्तानको राजधानी इस्लामावाद र बंगलादेशको ढाका सबैभन्दा सस्तो शहरको सूचीमा पर्छन् । इस्लामावादमा अपार्टमेन्टको मासिक भाडा १ सय ५३ डलर र ढाकामा १ सय १३ डलर रहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It