Development

२ अर्बमा तयार भयो नागरिक उड्डयन प्राधिकरणको नयाँ भवन

Pinterest LinkedIn Tumblr

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवन तयार भएको छ । आठ वर्ष अघि निर्माण सुरु भएको उक्त भवन पौने दुई अर्ब रुपैयाँ लागतमा तयार भएको हो । 

हाल यस भवनमा एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ । बबरमहलमा रहेका अन्य विभागहरू पनि असार भित्रै स्थानान्तरण हुने प्राधिकरणले जनाएको छ । यो भवनमा सेवा प्रदायक अन्तरगतका सबै विभाग रहने छन् ।

एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले डिजाइन गरेको भवनमा हाल सरसफाइको काम, रङरोगन, नेटवर्किङको काम भइरहेको छ । 

११ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्नेछन् । भवनमा ६६ वटा गाडी र ११५ वटा मोटरसाइकल/स्कुटर पार्किङ क्षमता छ । 

२०७२ वैशाखदेखि निर्माण सुरु भएको नयाँ भवन भूकम्प, नाकाबन्दी, कोभिड १९ जस्ता महामारीका कारणले पुरा भएर संचालनमा आउन ढिलाइ भएको जनाइएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It