News

घरभाडामै वार्षिक अर्बौं खर्च गर्छन् विदेशस्थित नेपाली नियोगहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ मा सरकारले परराष्ट्र मन्त्रालय मातहतका विदेशस्थित ४० वटा नियोग तथा त्यहाँ कार्यरत कर्मचारीको घर भाडाको लागि सरकारले ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन अघिल्लो वर्षको तुलनमा करिब एक करोडले बढि हो । 

आर्थिक वर्ष २०७९-८० मा सरकारले नियोग र कार्यरत कर्मचारीको घर भाडाको लागि ९६ करोड १६ लाख रुपैयाँ छुट्याएको थियो । 

महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार विदेशस्थित नेपाली नियोगको घरभाडामै अर्ब बराबर खर्च हुने गरेको छ ।

विदेशमा ३० नेपाली दूतावास, तीन स्थायी नियोग र सात महावाणिज्य दूतावास गरी ४० वटा नियोग छन् । यी नियोगहरूले  घर भाडाबापत गर्ने खर्च नेपाल सरकारले नै व्यहोर्ने गर्छ । 

नियोग र त्यहाँ कार्यरत कर्मचारीले पछिल्लो ११ वर्षमा घर भाडाको लागि ८ अर्ब ८ करोड ६९ लाख ३१ हजार रुपैयाँ खर्च गरेका छन् । 

११ वर्षअघि अर्थात् आर्थिक वर्ष २०६९–७० मा विदेशमा ३२ वटा नेपाली नियोग थिए । यी नियोग र त्यहाँ कार्यरत कर्मचारीको घर भाडा खर्च ४५ करोड १३ लाख ८७ हजार रुपैयाँ रहेको थियो । यसको ११ वर्षपछि अर्थात् आर्थिक वर्ष २०८०–८१ मा उक्त खर्च ९७ करोड रुपैयाँ पुग्ने देखिएको छ । 

पछिल्लो ११ वर्षमा ८ वटा नियोग थपिएका छन् । तर घर भाडा खर्च दुई गुणाभन्दा बढीले वृद्धि भएको छ ।

नियोग र कर्मचारीले घर भाडामा गरेको खर्च

क्र. सं आर्थिक वर्ष रकम (रुपैयाँमा)
२०६९-७०   ४५ करोड १३ लाख ८७ हजार
२०७०-७१ ५५ करोड ६५ लाख ४४ हजार
२०७१-७२  ५६ करोड ७४ लाख 
२०७२-७३  ६५ करोड 
२०७३-७४ ६८ करोड ५६ लाख
२०७४-७५ ७४ करोड ७७ लाख
२०७५-७६ ८४ करोड ३४ लाख
२०७६-७७  ८१ करोड १० लाख
२०७७-७८  ९० करोड ६० लाख 
१० २०७८-७९ ९० करोड ६३ लाख
११ २०७९-८० ९६ करोड १६ लाख

स्रोतः महालेखापरीक्षकको  कार्यालय

तथ्याङ्कलाई हेर्दा नियोग र कर्मचारीले घर भाडामा गरेको खर्च प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । यसको समाधानका लागि सरकारले प्रत्येक वर्ष विदेशस्थित नेपाली नियोग र कर्मचारी बस्ने घर बनाउन र यसको लागि आवश्यक जग्गा खरिद गर्न करोडौं रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । तर घर खरिद नगर्दा घरको लागि छुट्याइएको रकम फ्रिज भएर जाने गरेको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It