Lifestyle

१० महिनामा १ लाख ७६ हजार विद्युतीय चुलो नेपाल भित्रिए

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाली बजारमा विद्युतीय चुलोको आयातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको १० महिनामा साढे १ लाख भन्दा बढी विद्युतीय चुलो नेपाल भित्रिएका छन् । 

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा १ लाख ७६ हजार ६३ वटा विद्युतीय चुलो आयात भएको छ । जसमा १ लाख ६ हजार ९ सय २ वटा इन्डक्सन चुलो र ६९ हजार १ सय ६१ वटा इन्फ्रारेट चुलो रहेका छन् । 

आयात भएका इन्डक्सन मध्ये सबैभन्दा बढी चीनबाट आएको तथ्यांकमा उल्लेख छ ।  जसमा ६७ हजार १ सय ६० वटा इन्डक्सन र २००१ वटा इन्फ्रारेट चुलो रहेका छन् ।

त्यस्तै, भारतबाट १६ हजार ४ सय ७९ वटा, मलेसियाबाट ५० वटा, कतारबाट १४ वटा, सिंगापुरबाट ३ वटा चुलो भित्रिएका छन् । भने युएई र अमेरिकाबाट १/१ वटा इन्डक्सन चुलो आयात भएको छ ।

कम खर्चालु र एलपिजी ग्यास भन्दा सजिलो हुने भएकाले नेपालमा विद्युतीय चुलोको लोकप्रियता बढेको देखिन्छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It