Market

कसका लागि ‘नेपाल रियलस्टेट मार्ट’को गाडी अफर ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । ‘नेपाल चेम्बर एक्स्पो २०२४”मा सहभागी नेपाल रियलस्टेट मार्टले ‘घडेरी खरिदमा गाडी सित्तैमा’ अफर सार्वजनिक गरेको छ । मार्टले जग्गा किन्ने सेवाग्राहीलाई सित्तैमा गाडी दिन लागेको हो ।

एकजनाको रिफरल मार्फत कमसेकम ३ जनाले ३ प्लट जग्गा खरिद गरेमा सो व्यक्तिले गाडी उपहार पाउने रियलइस्टेट मार्टका मार्केटिङ हेड कुशल पौडेलले बताए । 

‘प्लट खरिद गर्नेले पनि केही प्रतिशत छुट पाउनेछन् । आफैले ३ वटा प्लट जग्गा खरिद गरेमा पनि उपहार पाइन्छ,’ उनले भने । real estate offer

आफ्नो तयारीका कारण अफर ल्याउन ढिला भएको भन्दै अन्तिम समयमा नै भएपनि ग्राहकलाई केही उत्कृष्ट अनुभुति होस् भनेर अफर ल्याएको पौडेलले बताए ।

हाल ग्राहकहरू ठूला हाउजिङतिर भन्दा प्लटिङका जग्गाहरू प्रति आकर्षक देखिएको व्यवसायीहरूको भनाइ छ । real estate offer

आशातित सेवाग्राही नआएपछि व्यवसायीहरू निराशः

यसवर्षको एक्स्पोमा सदाजस्तो सेवाग्राहीको चाप नहुँदा व्यवसायीहरू निराश छन् । एक्स्पो अवलोकन गर्न आएकाहरूले पनि लगानीमा खासै चासो नदेखाएको व्यवसायीहरूले बताए ।

real estate offerप्रायजसो प्रदर्शनीहरूमा सेवाग्राहीहरू सामान्य अवलोकन र बजारको चहलपहल बुझ्न आउने गर्छन् । तसर्थ एक्स्पोबाट कारोबार बढ्ने अथवा बजारमा सकारात्मक प्रभाव पर्ने कुरामा व्यवसायीहरू निर्धक्क छैनन् ।

सोचेजस्तो परिस्थिति नदेखिँदा सुस्ताएको बजार चलायमान होला भन्ने आश राखेका व्यवसायीहरू एक्स्पोको तेस्रो दिनमा निकै निराश देखिन्छन् ।

इच्छुक खरीदकर्ताहरू एकदमै कम देखिएको भन्दै एक्स्पो खासै उपलब्धीमूलक नरहेको उनीहरूको निष्कर्ष छ ।बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It