Development

नागढुंगा-नौबिसे सुरुङमार्गको ८२ प्रतिशत काम सकियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग खन्ने काम ८२.२० प्रतिशत सकिएको छ । आयोजनाले हालै सार्वजनिक गरेको प्रगति विवरणअनुसार सुरुङ मार्गको हालसम्मको भौतिक प्रगति ५३.४२ प्रतिशत भएको छ भने वित्तीय प्रगति ५८.३२ प्रतिशत रहेको छ । 

सुरुङमार्गको मुख्य सुरुङतर्फ २६ सय ८८ मिटरमा हालसम्म २ हजार २ मिटर खन्नेकाम सकिएको छ । त्यस्तै इभ्याकुएसन सुरुङको २३ सय ५ मिटर र क्रस प्यासेज ८६ मिटर खनिएको छ । 

नागढुंगा नौबिसे सुरुङमार्गकाे ५० प्रतिशत काम सम्पन्न, घण्टौँ जाममा बस्नुपर्ने समस्याबाट छुटकारा

समग्रमा ५४ सय ९९ मिटर सुरुङ खन्नु पर्नेमा हालसम्म ४५ सय २० मिटर खनिसकिएको आयोजनाले जनाएको छ । यस्तै सुरुङ मार्गमा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनवटा ब्रिजको काम सकिएको छ । 

सुरुङमार्ग निर्माण कार्य २०७७ पुस ७ गतेबाट सुरु भएको थियो । २.६८ किलोमिटर लम्बाइको उक्त सुरुङ ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको थियो ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It