Lifestyle

यसरी बनाउन सकिन्छ खसीको स्वादिष्ट पक्कु 

Pinterest LinkedIn Tumblr

काठमाडौं । दशैँमा अधिकांश भान्सामा मासुका विभिन्न परिकार पाक्ने गर्छ । घरघरमा राँगा, बंगुर, खसीजस्ता पशुको बध गरिने हुँदा प्रशस्त मात्रामा मासु हुन्छ । यस्तोमा मासुलाई लामो समयसम्म स्वादिष्ट र ताजा राख्नका लागि निकै चुनौति हुन्छ । मासुलाई फ्रिज राखेर सुरक्षित गर्न सकिन्छ । यसको अलावा मासुलाई धेरै दिनसम्म खानयोग्य हुने गरी राख्नका लागि पक्कु बनाइन्छ ।

पक्कु बनाउन आवश्यक सामग्री

पक्कु बनाउनका लागि हड्डी नभएको खसीको मासु, ल्वाङ, सुकुमेल, तेजपत्ता, तोरीको तेल, अदुवा र लसुनको पेस्ट, जिराको धूलो, नुन स्वादअनुसार, घिउलगायतको आवश्यकता पर्छ ।

पक्कुको लागि कस्तो मासु प्रयोग गर्ने?

खसीको पक्कु बनाउन टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने अझ राम्रो हुन्छ । 

पक्कु बनाउने विधिः

सबैभन्दा पहिले मासुलाई राम्रोसँग पखालेर जिराको धूलो, ल्वाङ र सुकमेल, तेजपत्ताको धूलो, बेसार, भुटेको जिरा, धनियाँको धुलो, आधा चम्चा गरम मसला, स्वादअनुसार खुर्सानीको धुलो, तोरीको तेल हालेर मोल्ने । 

पक्कु बनाएर धेरै दिनसम्म राख्ने हो भने त्यसमा नुन राख्नु हुँदैन तर तुरुन्तै खाने पक्कुमा स्वादअनुसार नुन राखेर मिक्स गर्ने । नुनहालेपछि मासुलाई न्यूनतम १ घण्टा छोपेर छोडिदिने ।

त्यसपछि ढलोट या पित्तलको सौडीमा थोरै तेल तताएर ल्वाङ, सुकमेल, तेजपत्तालाई पड्काइ मासुलाई चलाउँदै पानी नहाली पकाउने । खसीको पक्कुलाई कराइमा भन्दा कसौडीमा पकाउँदा स्वादिलो हुने र राम्रोसँग पाक्ने हुँदा सम्भव भएसम्म कसौडीमा पकाउँदा राम्रो हुन्छ ।

पक्कुमा अदुवा लसुन, प्याज, टमाटर प्रयोग गरिदैन । पक्कु सादा बनाउँदा नै धेरै दिनसम्म राखेर खान सकिन्छ । पाकेपछि माथिबाट घिउ हालिदिने । यसरी पक्कु तयार हुन्छ । 

यसलाई धेरैदिन पछिसम्म खानयोग्य बनाउन सफा कसौडीमा पक्कु राखी माथिबाट हावा छिर्ने मिल्ने गरी पातलो कपडाले छोपेर ओसिलो ठाँउमा राख्नु पर्दछ । यसरी बनाइएको खसीको पक्कु १ हप्ता पछिसम्म पनि खान योग्य हुन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It