News

काठमाडौं उपत्यकामा अत्याधिक घरजग्गा खरीद-बिक्री हुने ७ ठाउँहरु

Pinterest LinkedIn Tumblr

काठमाडौं देशको राजधानी भएकाले देश भरका मानिसहरूको लागि मुख्य केन्द्र हो। देशका कुना–कुनाबाट मानिसहरु आफ्नो सपना पूरा गर्न राजधानी आउने गरेका छन् । यस शहरले मानिसहरूको आधारभूत आवश्यकताहरू प्रदान गर्दछ साथै मानिसहरूको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ। देशको राजधानीको रूपमा, यो शहर पूर्वाधार र विकासको लागि पनि राम्रो ठाउँ हो। काठमाडौंमा घरजग्गा धेरै जसोको सपना नै हुन्छ।

त्यसैगरी, धेरै हाउजिङ र अपार्टमेन्ट कम्प्लेक्सहरू हाल विकासका क्रममा छन्, जसले काठमाडौंको घर जग्गा क्षेत्र द्रुत गतिमा बढिरहेको सङ्केत गर्दछ। तसर्थ, यदि तपाईं काठमाडौंमा घरजग्गा लगानी गर्ने योजनामा हुनुहुन्छ भने यो जीवनभरको लागि सुरक्षित लगानी हुन सक्छ। तल उपत्यकाका केही धेरै लगानी भएका क्षेत्रहरू छन् जहाँ तपाईंले पनि लगानी गर्न सक्नुहुन्छ। यहाँ घर जग्गाको मुल्य दिनानुदिन बढीरहेको हुँदा पछी गएर पछुताउनु पर्दैन।

बुढानिलकण्ठ:

मूल्य : २५ लाख देखी ६५ लाख प्रति आना सम्म
प्रकार: आवासीय

बुढानिलकण्ठ एउटा मुख्य आवसिय क्षेत्र हो । ३४.८ किमीको क्षेत्रफलमा फैलिएको बुढानिलकण्ठमा विभिन्न जातजाति र धर्मका करिब १०७,९१८ मानिसहरू बसोबास गर्छन्। यस नगरपालिकामा प्रसिद्ध बुढानिलकण्ठ मन्दिर, चण्डेश्वर मन्दिर, रुद्रेश्वर, भद्रकाली, पञ्चकन्या, शिव, कृष्ण, वङ्गलामुखी लगायतका देवताका मन्दिर रहेका छन् । यो ठाउँ शान्त र सबै सुविधा सम्पन्न भएको हुनाले धेरै मानिसहरु यो क्षेत्रमा बस्न मन पराउँछन । यदी तपाईंहरु पनि शान्त र सबै सुविधा सम्पन्न ठाउँमा घरजग्गको खोजिमा हुनुहुन्छ भने यो क्षेत्र उत्तम हुन सक्छ ।

बानेश्वर

मूल्य: ६० लाख देखी ३ करोड प्रति आना सम्म
प्रकार: आवासीय र व्यावसायिक

बानेश्वर काठमाडौंको सबैभन्दा बढी जनसंख्या भएको आवासीय र व्यावसायिक क्षेत्र हो। नयाँ-बानेश्वर, मध्य-बानेश्वर, र पुरानो-बानेश्वर, साथै बानेश्वर हाइट , मीनभवन, शंखमूल, भीमसेनगोला, र थापागाउँ गरी यो क्षेत्र बनेको छ। नेपालको संघीय संसदको वर्तमान बैठक स्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भएकाले ब्यापार प्रयोजनका लागी बानेश्वर क्षेत्र निकै राम्रो ठाउँ मानिन्छ ।

भैसेपाटी

मूल्य: २५ लाख देखी १ करोड प्रति आना सम्म
प्रकार: आवासीय र व्यावसायिक

भैसेपाटी नक्खु बजार र सैंबु नजिकै अवस्थित छ। यो काठमाडौं उपत्यकाको सबैभन्दा लोकप्रिय क्षेत्र मध्य एक हो। यस क्षेत्रमा राम्रा रेस्टुरेन्टहरू छन् जहाँ मानिसहरूले विभिन्न प्रकारका खानाहरूको आनन्द लिन सक्छन्। यति मात्र होइन, यो क्षेत्र व्यापारिक हबका रूपमा पनि विकास भइरहेको छ । त्यसै गरी, यदि तपाइँ व्यायाम गर्न मन पराउनु हुन्छ भने, यस क्षेत्रमा राम्रो फुटसल र स्विमिङ पूलहरू जस्तो सुविधाहरु पनि रहेका छन्। यस क्षेत्रमा विकसित सडकहरू छन्, जसका कारण यो काठमाडौंमा घरजग्गा लगानी गर्न उत्तम क्षेत्रको रुपमा स्थापित भएको छ ।

इमाडोल

मूल्य: २५ लाख देखी ६० लाख प्रति सम्म
प्रकार: आवासीय

इमाडोल पहिले गाउँ विकास समिति थियो र हाल बागमती प्रदेशको महालक्ष्मी नगरपालिकाको हिस्सा भएको छ। यसको उत्तरपश्चिममा ललितपुर उपमहानगरपालिका (पाटन) र उत्तरमा ग्रेटर काठमाण्डौको सिमाना रहेको छ । त्यसैगरी उत्तरपूर्वमा मध्यपुरठिमी, पूर्वमा टिकाथली, दक्षिणपूर्वमा सिद्धिपुर, दक्षिणमा हरिसिद्धि र दक्षिणपश्चिममा धापाखेल पर्दछ । काठमाडौंको मुख्य क्षेत्रबाट अलि टाढा भए पनि यो क्षेत्र पछिल्लो समय आवासीय हबको रुपमा चिनिएको छ र धेरै मानिस यो क्षेत्रमा बसोबास गर्न मन पराउछन ।

बालुवाटार

मूल्य: ५५ लाख देखी १.५ करोड प्रति आना सम्म
प्रकार: ब्यापारिक/व्यावसायिक

बालुवाटार नेपालको राजधानी काठमाडौंमा बागमती नदीको किनारमा अवस्थित क्षेत्र हो। यो काठमाडौंको केन्द्रीय ब्यापारिक क्षेत्र न्यू रोड, र असनबाट मात्र १५ मिनेटको दूरीमा छ। यो लाजिम्पाट र गैरीधारासंग पनि जोडिएको छ । बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास, सरकारी कार्यालय, नेपाल राष्ट्र बैंकको मुख्यालय, आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनको नेपाली देशको मुख्यालय र रुसी दूतावास रहेको छ।

सीतापाइला

मूल्य: २० लाख देखी ८० लाख प्रति आना सम्म
प्रकार: आवासीय र व्यावसायिक

सीतापाइला व्यावसायिक र आवासीय दुवैको क्षेत्रका लागि उत्कृष्ट स्थानहरू मध्ये एक हो। यदि तपाईं काठमाडौंमा घरजग्गा किन्न चाहनुहुन्छ भने, यो ठाउँ तपाईंको पहिलो रोजाइ मध्ये एक हुन सक्छ । रिङरोडसँग जोडिएको सितापाइलाबाट उपत्यकाको जुनसुकै ठाउँमा सजिलै जान सकिन्छ ।

पेप्सिकोला

मूल्य: प्रति आना ३० लाख देखी ९० लाख सम्म
प्रकार: आवासीय र व्यावसायिक

पेप्सिकोला एउटा सानो क्षेत्र हो, जसमा मुख्यतया बस स्टप वरपरको सानो क्षेत्र र सम्बन्धित व्यावसायिक सुविधाहरू छन्। पुरानो सिनामंगल मन्दिर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको यो सानो क्षेत्र हो। साथै, यो ठाउँमा यातायातको राम्रो सुविध छ । शान्त भएकाले यो क्षेत्र आवासको लागि उचित मानिन्छ । यस्का साथै यतायातको राम्रो सुविधा भएकाले मानिसहरु यो क्षेत्रमा बसोबास गर्न मन पराउछन ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It