Lifestyle

८ करोडको पलङमा १३ लाख तिरेर एकरात सुत्न पाइने 

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्विडेनमा एक फर्निचर कम्पनीले करोडौँ मूल्य पर्ने पलङ निर्माण गरेको छ । लामो समयदेखि पलङ उत्पादन तथा बिक्री गर्दै आएको स्विडिस कम्पनी हेस्टेन्सले  ६ लाख ६० हजार डलर पर्ने तयार गरेको हो । जसको नेपाली मूल्य करीब ८ करोड रुपैयाँ हुन आउँछ ।

घोडाको पुच्छरको रौंहरूबाट तयार गरिएको उक्त पलङ हातबाटै निर्माण गरिएको कम्पनीले जनाएको छ । यसप्रकारको पलङलाई कम्पनीले स्लिप इन्स्ट्रुमेन्ट अर्थात् शयन साधनको रुपमा ब्रान्डिङ गरिरहेको छ ।

expensive bed

जसलाई एन्जेलिना जोली, बियोन्से, ब्राड पिट, ड्रेक, टम क्रूज जस्ता अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त सेलिब्रेटीहरूले खरिद गरिसकेको जनाइएको छ । विशेष खालको चेकर प्याटर्नयुक्त यो बेडका विभिन्न मोडेलको मूल्य २ लाख ५० हजार डलरबाट सुरु हुन्छ । 

२५ वर्षको वारेन्टीसहितको यस्तो पलङ खरिद गर्नुअघि ग्राहकले पलङको जाँच तथा ट्रायल गर्न पाउँछन् । अमेरिकास्थित स्टोरहरूले ग्राहकलाई पलङमा सुतेर परिक्षण गर्न सक्ने सुविधा दिइरहेका छन् ।

हेस्टेन्सको यो पलङ लण्डनमा द ल्यांगहमस्थित द इन्फिनिटी स्वीट होटलले पनि लिइसकेको छ । स्वीट होटेलमा हटेन्सका तीनवटा पलङ छन् । जसमध्येबाट गेस्टले आफूलाई मन परेको पलङ छान्न सक्छन् । उक्त पलङ भएको स्वीट रुममा बस्नका लागि एक रातको १० हजार डलर अर्थात् करिब १३ लाख रुपैयाँ तिर्नुपर्दछ ।

Hastens most expensive bed

३७ पत्र भएको यस पलङको वजन २०० केजीभन्दा धेरै छ । बहुमूल्य पलङको स्याहारमा पनि विशेष ध्यान दिनुपर्ने कम्पनीले जनाएको छ । यस पलङको सुरक्षित उपयोगका लागि केही समयको अन्तरालमा १८० डिग्रीसम्म मोड्न तथा घुमाउनुपर्ने हुन्छ । जसले गर्दा पलङमा सुत्दा शरीरको सन्तुलन कायम रहन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It