Lifestyle

घर बाहिरको होहल्लाले दिग्दार हुनुहुन्छ ? यसो गर्नुस्ः

Pinterest LinkedIn Tumblr

काठमाडौं । शहरी क्षेत्रमा घरभित्रको वातावरण शान्त बनाइराख्नु चुनौतिपूर्ण हुन्छ । पर्खाल, ढोका, झ्याल बाहिरको होहल्ला भित्रिन्छ । यद्यपि झ्यालढोका बन्द गरेर पनि होहल्ला कम गर्न सकिँदैन । यस्तोमा अन्य वैकल्पिक उपाय अपनाएर घरलाई शान्त बनाउन सकिन्छ ।

नरम कार्पेटको प्रयोग

घरभित्र ऊन, shag carpet, faux fur carpetchenille carpet जस्ता नरम, बाक्ला र भुवादार गलैँचा लगाउनु उपयुक्त हुन्छ । यस्ता गलैँचामा आवाज सोस्ने क्षमता हुनेहुँदा बाहिरको होहल्लाको प्रत्यक्ष प्रभाव पर्न पाउँदैन ।

एकस्टिक प्यानलको प्रयोग

acoustic

बजारमा ध्वनि प्रतिरोधी Acoustic panel पाइन्छन् । जसलाई घरका भित्ताहरू, सिलिङमा प्रयोग गरी ध्वनि प्रसारण कम गर्न सकिन्छ । एकस्टिक प्यानलमा हुने ससाना प्वालहरूले ध्वनीको कम्पनलाई सोसेर आवाजलाई प्रतिबिम्बित हुन दिँदैन । यी फरकफरक मोटाइमा पाइने प्यानलहरू आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिन्छ । 

पर्दा, कपडाबाट बनेका पेन्टिङ, 

ओजनदार पर्दा र नरम कपडाहरूमा ध्वनि सोस्ने क्षमता हुन्छ । त्यसो हुँदा, होहल्ला कम गर्न यस्ता पर्दाहरूको प्रयोग गर्न सकिन्छ । साथै कपडाबाट बनेका पेन्टिङको प्रयोगले घरलाई सुन्दर बनाउने र ध्वनि कम गर्ने गर्दछ ।

बुककेसको प्रयोग 

घरको वालमा राखिएको बुक र्याकले पनि ध्वनि नियन्त्रण गर्छ । बुकर्याक घरको भित्तामा जोडेर राखिने भएकाले यसले दोस्रो पर्खालको रूपमा काम गर्छ । यसले ध्वनिलाई नियन्त्रण नै त गर्दैन तर कम भने गर्छ । 

रेट्रोफिटिङ 

पुरानो घरमा पनि रेट्रोफिटिङ मार्फत बाह्य ध्वनि कम गर्न सकिन्छ । रेट्रोफिटिङ भनेको पुराना संरचनामा नयाँ सामान थप्नु हो । यस अन्तर्गत झ्यालमा डबल ग्लेजिङ अर्थात् सिसाको मोटाइ बढाउनेदेखि ढोकाका कापमा फोम टेप र सिलिङ, भित्ता वा भुईँमा अकउस्टिक बोर्ड राख्न सकिन्छ । 

सिल्क प्लास्टरको प्रयोग
silk plaster
वालपेपर जस्तो देखिने लिक्विड वाल पेपरले पनि केही हदसम्म ध्वनि प्रतिरोधकको रुपमा काम गर्छ । यो ग्रीन (नेचुरल) प्रोडक्ट हो । यसलाई सजिलै भित्तामा लगाउन सकिन्छ । र एक ठाउँबाट निकालेर अर्को ठाउँमा पुनः प्रयोग गर्न पनि सकिन्छ ।

लेमिनेटेड ग्लासको प्रयोग 

laminated glass

साउन्डप्रूफिङका लागि सबैभन्दा बढी लेमिनेटेड सिसाको प्रयोग हुन्छ । यस्तो सिसाले प्रभावकारी रूपमा ध्वनि घटाउँछ र शान्त माहोल सिर्जना गर्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।  
प्रतिक्रिया दिनुहोस्
Pin It