Lifestyle

१८ हजारभन्दा धेरै नेपाली बस्ने अष्ट्रेलियाकै ठूलो ‘मेलबर्न शहर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । दक्षिण एसियाका अधिकांश मानिसहरूको सपनाको देश अष्ट्रेलियामा पछिल्लो समय जनसंख्याको चाप बढ्दो छ । यसैको उदाहरण हो भिक्टोरिया राज्यको राजधानी मेलबर्न सिटी । जुन झण्डै एक सय वर्ष लामो सिड्नीको इतिहासलाई पछि पार्दै अष्ट्रेलियाको ठूलो शहर बनेको छ ।

हाल मेलवर्नको कुल जनसंख्या ४८ लाख ७५ हजार ४ सय छ । जुन सिड्नीको भन्दा १८ हजार ७०० ले धेरै हो । मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई मेलबर्नमा गाभिएपछि यो धेरै जनसंख्या भएको शहर बनेको हो ।

२०२१ को तथ्यांकलाई हेर्दा अष्ट्रेलियाका विभिन्न शहरमा १ लाख २९ हजार आठ सय ७० जना नेपाली बसोबास गर्छन् । 

जनसंख्याको आधारमा सबैभन्दा ठूलो शहर बनेको मेलबर्नमा १८ हजार ५ सय १० नेपाली बसोबास गर्ने गरेको अष्ट्रेलियन बिउरो अफ स्टास्टिक (एबीएस) सन् २०२१ को तथ्याङ्कले देखाएको छ । जसमध्ये पुरुष ५४.९% र महिला ४५.१%  छन् । जसमा ५ हजार ९ सय ९४ जना परिवारसहित बसोबास गर्दै आएका छन् । 

एबीएसले यातायात सञ्जालमा जोडिएका नजिकैका १० हजार भन्दा बढी जनसंख्या भएका ससाना नगरलाई मुख्य शहरमा राख्ने गर्छ । 

किन मानिसहरू मेलबर्नमा बस्न चाहन्छन् !

शैक्षिक गुणस्तर र रोजगारीका अवसरका कारण मेलबर्न सिटी अधिकांश आप्रवासीको रोजाइ बनेको छ । कला र संस्कृतिको केन्द्रको रुपमा रहेको यो शहर आवासका लागि उपयुक्त छ । 

भौतिक पूर्वाधार तथा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू  मेलबर्नका विशेष आकर्षण हुन् । 

संसारका ६ उत्कृष्ट विश्वविद्यालय, उच्चस्तरका विभिन्न रिसर्च सेन्टर र व्यवसायिक शिक्षाका लागि उपयुक्त स्कुलहरू भएकाले मेलबर्न आप्रवासी विद्यार्थीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ ।

सन् २०२१ को सुरक्षित शहर सूचकांकमा मेलबर्न विश्वको ९ औं स्थानमा छ । मेलबर्नमा डिजिटल सुरक्षा, स्वास्थ्य, पूर्वाधार र व्यक्तिगत सुरक्षा व्यवस्था उच्च छ । 

जहाँ मानिसको आवश्यकता र पूँजीको आधारमा घर तथा अपार्टमेन्ट भेटिन्छन् । यद्यपि पछिल्लो समय मेलबर्नको रियलस्टेट मार्केट ऋणात्मक देखिएको छ ।

पछिल्लो १२ महिनाको तथ्याङ्क हेर्दा मेलबर्नमा प्रपर्टी मार्केट -७.१ प्रतिशतले घटेको छ । शहरमा जनघनत्व बढेसँगै भाडाको लागि अपार्टमेन्ट तथा घरहरूको उपलब्धता घटेको छ । 

तर मार्चको पहिलो हप्ताको तथ्याङ्कले भने मेलबर्नको प्रपर्टी तथा हाउजिङ मार्केट वृद्धि भएको देखाएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It