News

पद्मा कोलोनी चौथो फेजका घरहरुको मार्केटिङमा बसोबासले सघाउने, दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर

Pinterest LinkedIn Tumblr

काठमाडौं ।  पद्मा ग्रुप अफ कम्पनी अन्तर्गत पद्मा कोलोनी र बसोबास डटकमबीच व्यवसायिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  पद्माले नागार्जुन नगरपालिकाको टौखेलमा निर्माण गरिरहेको ‘पद्मा कोलोनी चौथो फेज ’का घरहरूको एक्सक्लुसिभ मार्केटिङ गर्ने सम्बन्धमा दुई पक्षबीच समझदारी भएको हो ।

गत सोमबार एक कार्यक्रमबीच पद्म कोलोनीका फाइनान्स म्यानेजर गौरव पोखरेल र बसोबासका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजन अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

रियलस्टेटको अनलाइन प्लेटफर्म बसोबाससँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको प्रधान  बताएका छन् । आधुनिक बक्स मोडलमा बनेको कोलोनी स्वस्थ र शान्त वातावरणको प्रतिबद्धता सहित निर्माण भएको कम्पनीले जनाएको छ ।

१७ रोपनीमा निर्माणाधीन कोलोनिमा ४५ वटा घरहरू रहेका छन् । कोलोनीमा ३ आनादेखि ५ आना क्षेत्रफलमा साढे दुई तलाका घरहरू रहेका छन् । भने घरहरू बेसमेन्ट भएका र नभएका गरी दुइ थरिका छन् ।

यी घरहरूको बिक्रीका लागि बसोबासले बजारीकरणमा सहयोग पुर्याउने छ । नागार्जुन नगरपालिका बसोबासका लागि उत्कृष्ट ठाउँको रुपमा परिचित छ । सो क्षेत्रको मनोरम दृष्य र शितल-स्वस्छ वातावरणले जोकोहीलाई आकर्षित गर्दछ । हरेक क्षेत्रको लागि पायक पर्ने हुनाले पनि हुनसक्छ, हिजोआज यस क्षेत्रमा मानिसहरूको आकर्षण निकै बढेको छ । शहरी सुख सुविधाका लागि मात्रै नभएर प्रकृतिको मनोरम आनन्द लिन सकिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Pin It