News

बैंकहरूले सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा दिनुपर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सडकले नछोएको जग्गा धितोमा पनि कर्जा प्रदान गर्नुपर्ने भएको छ । यो कर्जा निजी वा व्यक्तिलाई नभएर कृषि कर्जाका लागि हो ।

कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ । 

यससँगै खाद्य उत्पादन, पशुपालन तथा माछापालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्विकारी बैंकहरूले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने छ ।

कर्जा मागको फाइल बैंक तथा वित्तीय संस्थाहरूले सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने हुन्छ । र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

कर्जा नदिए वा कुनै समस्या भए सेवाग्राहीले केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत सबैमा सुसूचित गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर सडक (मोटर बाटो)ले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्ने गरेका थिए । यसले वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयास गर्दै आएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It