News

काठमाडौं महानगरले गुठीको जग्गा भोगचलन गर्न पाउने

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो पालिकाभित्रका गुठीको जग्गा भोगचलन गर्न पाउने भएको छ । महानगरपालिकाको बालाजु बाइसधारा उद्यान सभाहलमा बिहीबार बसेको कार्यपालिका बैठकले गुठी संस्थानको मठमन्दिर, सम्पदा जग्गा प्राप्त गरेर भोगचल गर्न पाउने सैद्धान्तिक सहमति दिएको हो ।

बैठकमा महानगरका मेयर बालेन शाहले यस्ता सम्पदाहरू भाडामा लिएर महानगरले भोगचलन गर्न सक्ने सुनाएका थिए ।

गुठी के हो?

देवी देवताको पूजाआजा, पर्व, जात्रा चलाउन वा मठ मन्दिर, देवस्थल पाटी– पौवा, इनार, पोखरी, तलाउ, धारा, आदि जस्ता धार्मिक स्थल वा अन्य सामाजिक परोपकारी र सांस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्तिलाई गुठी भनिन्छ । 

हाम्रो कानुनी व्यवस्था अनुसार गुठीले समाजिक संस्थाको अवधारणा बोकेको हुँदा जुनसुकै किसिमको सम्पत्ति पनि आफ्नो नाममा राख्‍न पाइन्छ । दाताले कुनै चल वा अचल सम्पत्तिहरू गुठीको नाममा गरिदिन सक्छन् ।

गुठी संस्थान ऐन २०३३ अनुसार गुठीलाई राज, छुट र निजी गरी ३ प्रकारमा विभाजन गरिएको छ । त्यस्तै मुलुकी देवानी संहिता २०७४ को दफा ३१५ बमोजिम सार्वजनिक र निजी गरी गुठीलाई २ प्रकारमा विभाजन गरिएको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It