News

हजारौं बिघा सार्वजनिक जग्गा अतिक्रमण गर्दै घडेरी बेच्दै

Pinterest LinkedIn Tumblr

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिकामा हजारौं विघा सार्बजनिक जग्गा वर्षौंदेखि माफियाको कब्जामा रहँदै आएको  पाइएको छ । माफियाहरूले चापाकोटका करोडौं मूल्य पर्ने जग्गा बिना प्रमाण अतिक्रमण गरेको पाइएको हो । 

चापाकोट नगरपालिकामा मात्र १ हजार बिघाभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । नगरपालिकाले गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा लागत संकलन तथा पहिचान समिति २०७५ ले तयार पारेको प्रतिवेदनअनुसार नगरपालिका भरि १ हजार १८ बिघा सार्वजनिक जग्गा अतिक्रमित भएका छन् । 

सार्वजनिक जग्गा अतिक्रमण गरि पालिकाभित्र १ सयभन्दाबढि घरटहरा निर्माण भएका छन् । पुर्जा बिना नै लाखौं मूल्यका जग्गा बिक्री भइरहेका छन् । सार्वजनिक जग्गा केही विद्यालयले घडेरी बनाई बिक्री वितरण गरेको प्रतिवेदनमा उल्लेख छ । 

राजनीतिक पार्टी र नेताहरूको दबाबमा लालपुर्जा नभएका जग्गामा बसोबास गर्नेहरूलाई सडक, बिजुली, पानीलगायत पूर्वाधार पुर्याउने काम भइरहेको छ । केही सार्वजनिक जग्गा कित्ताकाट गरि व्यक्तिको नाममा नामसारी भएका छन् । 

चापाकोट नगरपालिकाको वडा नं ९ मा मात्रै ६ पक्की र ३३ कच्ची गरी ३९ घर निर्माण भएका छन् । केही ठाउँमा उद्योग सञ्चालन गर्नेले टहरासमेत बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाको मुख्य बजार क्षेत्रमा सार्वजनिक जग्गामा घर निर्माण भएको पाइएको छ । सुन्तलीटार बजार क्षेत्रको २ रोपनी १३ आना १ दाममा २ पक्की र १ कच्ची घर निर्माण भएको पाइएको छ ।

नगरपालिकामा सार्वजनिक जग्गामा अतिक्रमण भएको खुलेपनि सम्बन्धित निकाय मौन छ । झण्डै पाँच वर्ष अघि समितिले नगरपालिकालाई प्रतिवेदन बुझाएको भएपनि कुनै कदम चालिएको छैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It