News

स्थानीयले दान गरेको ४ रोपनी जग्गामा प्रहरी चौकी निर्माण गरिँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका स्थानीयले प्रहरी चौकीलाई जग्गा दान गरेका छन् । चौकीको भवन निर्माणका लागि घारका गणेश र शिव खड्काले ४ रोपनी २ आना ३ दाम क्षेत्रफल जग्गा दान गरेका हुन् । 

जसमध्ये गणेशले दुई रोपनी १० आना एक दाम एक पैसा र शिवले एक रोपनी सात आना तीन दाम दुई पैसा जग्गा जग्गाको मूल्य करिब ३५ लाख ५० हजार पर्ने स्थानीयले बताएका छन् ।

जग्गा पाएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरिएको छ । 

म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहतमा १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुङ–तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मङ्गलाघाट, रत्नेचौर, सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् ।

जिल्ला प्रहरी कार्यालय ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । 

पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It