News

जग्गा अधिग्रहणको मागसहित विरोधमा उत्रँदै बञ्चरेडाँडाका स्थानीय 

Pinterest LinkedIn Tumblr

काठमाडौं । उपत्यकाको फोहोर विसर्जन हुँदै आएको बन्चरेडाँडाका स्थानीयले सरकारसँग जग्गा अधिग्रहणको माग सहित विरोधमा उत्रने तयारी गरेका छन् । आफूहरूको माग सुनुवाइ नभए आगामी असोज १ गतेदेखि सधैँका लागि फोहोर विसर्जन बन्द गराउने धम्की दिँदै आएका छन् । 

आन्दोलनमा सहभागिताका लागि सम्बन्धित सबैलाई अपिल जारी राखिएको बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले जनाएको छ । आफूहरूले भोग्दै आएको समस्याको समाधानबारे कसैले चासो नदेखाएकाले आन्दोलनको विकल्प नभएको उनीहरूको भनाई छ ।

बन्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरणका लागि जग्गा अधिग्रहण गर्नेगरी यसअघि भएका निर्णयको कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ । साथै बन्चरेडाँडालाई फोहोरमैला प्रभावित संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने र त्यसको विकासमा विशेष लगानी गर्नुपर्ने भन्दै समितिले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै, एक दशकअघि ठेक्का लागेर अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको बालाजु–तीनपिप्ले–पिपलटार सडक खण्डको निर्माण सम्पन्न गरी कालोपत्र गरिदिन माग गरिएको छ । सो सडक निर्माण सम्पन्न नहुँदा वर्षायाममा गाडी जान सकेको छैन भने फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ ।  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It