Development

२६ तलाको बन्दै ‘काठमाडौं भ्यु टावर’

Pinterest LinkedIn Tumblr

काठमाडौं । रत्नपार्कको पुरानो बसपार्कस्थित निर्माणाधीन काठमाडौं ‘भ्यु टावर’ २६ तलाको बन्ने भएको छ । ०७२ को भूकम्पका कारण १२ तलामा सीमित भएको ‘भ्यु टावर’ अब २४ देखि २६ तलाको बन्ने भएको हो ।

१२ औं तलाको निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको छ ।

प्रतिवेदनले निर्माण मापदण्डअनुरूप काम भए तला थप्न सकिने देखाएको छ । महानगरको प्राविधिक टोलीले प्रतिवेदनको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ । प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि तला थप्नेबारे यकिन हुनेछ ।

टावरमा तला थप्न निर्माण कम्पनीले तला थपको लागि महानगरपालिकालाई निवेदन दिनुपर्छ । सोहीअनुसार महानगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ ।

भ्यु टावर निर्माणको सम्झौता २०७१ फागुन २२ गते जलेश्वर, स्वच्छन्द र बिकोईसँग भएको थियो । सम्झौतामा पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी कम्पनीले आफ्नै लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ ।

कूल २३ रोपनी पाँच आना जग्गामा बनेको टावरको ४० प्रतिशत भूभागमा टावर बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । जसमा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने छ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ ।

टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ । टावरको पार्किङ भने गत वैशाख २२ गतेदेखि सञ्चालनमा आइसकेको छ ।

हाल टावरमा चार सय साना सवारीसाधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ सञ्चालनमा छ ।

सुरुवाती चरणमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थासहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइनेछ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It