News

‘करको दायरा बढाउने नीतिले राजश्व सङ्कलनमा महानगर सफल भएको हो’ – उपमेयर डंगोल

Pinterest LinkedIn Tumblr

काठमाडौं । सोमबार परेको विश्व बसोबास दिवस ‘समृद्धि एवं पुनर्लाभयुक्त शहरः उत्थानशील अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ मनाइएको छ । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आत्मनिर्भर शहरी विकास विषयमा विशेष छलफल भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले कर संकलन वृद्धि भएको तथ्याङ्क पेश गर्दै यसका लागि महानगरले गरेका कामबारे चर्चा गरेकी थिइन । करको दर होइन दायरा बढाउने नीति लिएर अघि बढ्दा राजश्व सङ्कलनमा महानगर सफल भएको डङ्गोलले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री सीता गुरुङले आफ्नो कार्यकालका लागि मात्रै योजना बनाउने प्रवृत्ति घातक भएको बताइन्  । नेतृत्व तहमा पुग्नेले पुस्तौं पुस्ताको लागि हुने खालको योजना बनाएर अघि बढ्नु पर्ने आवश्यकता रहेको गुरुङको भनाइ छ । 

Urban Development Minister Sita Gurung
शहरी विकास मन्त्री सीता गुरुङ

बजेट पर्याप्त नभएकाले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना  कार्यान्वयनमा जान सकिरहेको छैन । 

शहरलाई आत्मनिर्भर र व्यवस्थित गर्नुका साथै नयाँ शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने हुन्छ । जसका लागि सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको भन्दै गुरुङले शहरी संरचना निर्माणमै ठूलो चुनौती रहेको बताइन् । 

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार विश्वनाथ पौडेलले सडक आयोजनामा प्रगति नहुँदा त्यसले अन्य क्षेत्रको विकासलाई समेत प्रभावित बनाएको बताए । शहरहरूलाई जोड्ने भरपर्दो र राम्रो सडक नहुँदा शहरीकरण सोचे जसरी विकास गर्न नसकिएको उनको तर्क छ ।

World Habitat Day
विश्व बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरू

कार्यक्रममा बोल्दै वक्ताहरूले शहरीकरण बढ्दै गर्दा त्यसले समाजमा पार्ने नकारात्मक असरहरूबारे पनि सचेत हुन जरुरी रहेको बताए । बनेको शहर बिग्रिँदै गएकाले शहरमा भौतिक विकास मात्र नभएर समानता पनि हुनु पर्नेमा उनीहरूको जोड छ । 

१५ औं योजनाले प्रतिबद्धता गरेको लगानीको २० प्रतिशत बजेट पनि शहरी विकासका लागि उपलब्ध नभएको भन्दै दिगो शहरीकरणका लागि लगानी बढाउनुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It