Market

गौशालामा चल्यो महानगरको डोजर, ६ वटा घरहरू भत्काइए

Pinterest LinkedIn Tumblr

काठमाडौं । गौशाला चोकमा नियम विपरीत निर्माण भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । आइतबार बिहानैदेखि सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा संरचनामा महानगरले डोजर चलाएको हो ।  Kathmandu Metropolis drives a dozer to the house in Gaushala Chowk

सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ ।

पहिलो दिन गौशालाबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका ६ वटा घरहरू भत्काइएको छ । अन्य ३२ वटा अस्थायी टहरा, सटरहरू पनि भत्काउँने महानगरको तयारी छ । 

काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरू भत्काउन ३५ दिन अगाडि सूचना जारी गरेको थियो । 

Kathmandu Metropolis drives a dozer to the house in Gaushala Chowk

१५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरीले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It