News

जाजरकोट भूकम्पः ९१० घर पूर्णरूपले नष्ट, १५३ जनाको मृत्यू

Pinterest LinkedIn Tumblr

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबारबाट भत्किएका घरसंरचनाहरूको लेखाजोखा गर्ने काम सुरु गरेको थियो ।

शुक्रबार र शनिबारको तुलनामा के कति क्षति भयो भन्ने यकिन नभएकाले मानवीय क्षति न्यूनीकरणका लागि उद्धारमा केन्द्रित भएकाले आइतबारबाट मात्रै तथ्याङ्क सङ्कलन थाल्न लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।

भूकम्पले जाजरकोट, पूर्वी रुकुम र पश्चिम रुकुममा ठूलो धनजनको क्षति भएको छ । ऐतिहासिक जाजरकोट दरबारसहित ५० भन्दा बढी सार्वजनिक भवनमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र जिल्ला नापी कार्यालय ध्वस्त भएका छन् । 

jajarkot earthquake

रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका आधाभन्दा बढी पुराना ढुङ्गामाटाको घर पुरै क्षतिग्रस्त भएका छन् । भने केही पक्की घरहरू चर्किएका छन् । तर ती घरमा पनि जानसक्ने र बस्नसक्ने अवस्था छैन । पिलरयुक्त घरबाहेक अरु घरहरू काम नलाग्ने अवस्थामा पुगेको जस्तो देखिन्छ ।

भूकम्पले घर भत्किएपछी पीडितहरू खुला आकाशमुनि रात बिताइरहेका छन् । घर भत्किएको वा बस्नका लागि सुरक्षित नभएकाले उनीहरू अस्थायी टहरामुनि बस्न बाध्य छन् ।

बारेकोटको रामिडाँडामा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार अहिलेसम्म १५३ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् । 

भूकम्पबाट कामको सिलसिलामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकमा रहेका तीनैजनाको घटनास्थलमै मृत्यु भएको छ । बर्दियाका दुई र रोल्पाका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको आठबिसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै, रुकुम पूर्व बस्दै आएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको छ ।

त्यस्तै, भूकम्पका कारण दैलेखमा ३, बैतडीमा ३ जुम्लामा ५ र सल्यानका २ जना तथा रोल्पा र दाङका १–१ जना छन् ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि इच्छुकहरुसँग आर्थिक सहयोग आह्वान गरेको छ । संवेदनशील घडीमा देशविदेशबाट सहयोग गर्न इच्छुकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न बैंक खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिएको छ ।

कोषका खाताहरु

१. राष्ट्रिय वाणिज्य बैंक, पुतली सडक ११३०१००००३७६२००१ चल्तीखाता ।

२. कृषि विकास बैंक लिमिटेड, रामशाहपथ ००१००२०१००२९०७०१४ चल्ती खाता ।

३. नेपाल बैंक लिमिटेड, काठमाडौं ००२००१००५१००३९०००००१ चल्ती खाता ।

४. एभरेष्ट बैंक लिमिटेड, नयाँबानेश्वर ००१०११०२२०००१२ चल्ती खाता ।

५. स्टान्डर्ड चार्टड बैंक नेपाल लिमिटेड, लाजिम्पाट ०००१०१३२४३८०१ चल्ती खाता ।

६. ग्लोबल आइएमई बैंक लिमिटेड, ज्ञानेश्वर ०४११०१००००००५ चल्ती खाता ।

७. हिमालयन बैंक लिमिटेड, ठमेल ०१९०५६३१२१००११ चल्ती खाता ।

८. नबिल बैंक लिमिटेड, दरबारमार्ग १७१००१७५०५२८५ चल्ती खाता ।

९. हिमालयन बैंक लिमिटेड, कमलादी ०१९०५६३१२१००४६ चल्ती डलर खाता ।

jajarkot earthquake

पछिल्लो अद्यावधिकः  अपरान्ह १२ः१०, ०८०/०७/२० 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It