Research

फिका बन्दै गएको भारतको ‘ब्लु सिटी’को नीलो रंग 

By BabinaOctober 18, 20242 min read
फिका बन्दै गएको भारतको ‘ब्लु सिटी’को नीलो रंग 

काठमाडौं भारतको उत्तरपश्चिमी राज्य राजस्थानमा अवस्थित ‘जोधपुर’ शहरका अधिकांश घरहरू नीलो रंगका छन् । ‘ब्लु सिटी’को नामले प्रसिद्ध यो शहर कुनै समय मारवाडको राजधानी हुने गर्थ्यो । राजपूत राजा राव जोधा द्वारा सन् १४५९ मा निर्माण भएको शहरलाई उनकै नामबाट नामाकरण गरियो ।

ब्रम्हपुरीको नामले पनि चिनिने जोधपुरमा नीलो रंगको प्रयोग कहिलेबाट सुरु भएको भन्ने कुरा यकिन मिति त छैन । यद्यपि १७ औं शताब्दी पछिबाट मात्र निलो रंग लगाउन सुरु भएको पनि भन्ने गरिन्छ । नीलमा कपर सल्फेट र लाइमस्टोन हुन्छ, जसले कीराहरूलाई टाढा राख्छ  । त्यसैले जोधपुरमा घरलाई किराहरूको आक्रमणबाट बचाउन यस्तो रंगको प्रयोग गर्न थालिएको थियो । त्यस्तै; जोधपुर अत्यन्तै गर्मी हुने ठाउँ भएकाले घरलाई नीलो रंगले चिसो राख्न यो रंगको प्रयोग गरियो ।

blue city jodhpur

जलवायु परिवर्तनका कारण तापक्रम बढ्न थालेपछी मानिसहरूले नीलको सट्टा एयर कन्डिसनरहरू जस्ता आधुनिक विकल्पहरू खोज्न थालेका छन् । जसले गर्दा शहरको पहिचानसँग जोडिएका करिब ३३ हजार घरमध्ये आधा घरहरूमा मात्रै नीलो रंग लगाइएको छ ।

जोधपुरको पहिचानसँग जोडिएको निलो रंग हिजोआज भने लोप हुँदै गइरहेको छ । मोरक्कोमा अवस्थित प्रसिद्ध ब्लु सिटी शेफचाउएनसँग (Chefchaouen) तुलना हुने गरेको जोधपुरमा भने नीलो रंग फीका हुन थालेको छ । नील खेती लोप हुन थालेपछी नील अभावका कारण घरहरू अरु रंगहरूको प्रयोग हुन थालेका छन् । 

Chefchaouen
मोरक्को शेफचाउएन (Chefchaouen) सिटीमा अवस्थित ब्लु सिटी

एक दशकअघि घरलाई निलो रंगमा रंगाउन करिब ५,००० रुपैयाँ खर्च लाग्थ्यो भने हाल ३०,००० रुपैयाँभन्दा बढी खर्च हुन्छ । नीलको उपलब्धता कम हुँदै गएको र घरको रंगरोगन बढि खर्चिलो हुन थालेपछी स्थानीय अधिकारीहरू र समुदायहरूको सहयोगमा हरेक वर्ष ५ सय घरको बाहिरी पर्खाल नीलो रंग गर्ने कार्य भइरहेको छ ।

‘ब्लु सिटी’को पहिचानसँग जोडिएको हिन्दु विश्वासः

जोधपुरलाई निलो शहरको नामकरण हुनुको पछाडि ऐतिहासिक र सांस्कृतिक कारणहरू छन् । ब्राह्मण जातिका मानिसहरूले नीलो रङलाई भगवान शिवसँग सम्बन्धित रहेको विश्वास गर्छन् । पृथ्वीलाई बचाउन समुद्र मन्थनका बेला हलहला नामको अत्यन्तै खतरनाक विष पिउनुभएको थियो । उक्त विषले शिवको शरीर नीलो बनायो । त्यस समयदेखि उनका अनुयायीहरूले नीलो रङलाई शिव र पवित्रतासँग जोड्छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

blue city in jodhpurblue' cityindiaJodhpur

You May Also Like

More stories from Basobaas